चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा बन्द
स्याङ्गजा । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर समुदायस्तरमा देखिएसँगै चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गरिएको छ । नगरपालिकामा कार्यरत कर्मचारी, विद्यालयका शिक्षक र समुदायस्तरमा कोरोना सङ्क्रमित व्यक्ति भेटिएपछि नगरपालिकाको अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा एक हप्ता बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख शिवकुमार गिरीले बताए ।
भारतको हरिद्वारमा लागेको कुम्भमेलामा गएर फर्किएकामध्ये पाँच जनामा कोरोना पुष्टि भएपछि जोखिम बढ्न नदिनका लागि यही वैशाख १३ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीको भनाई छ ।
नगरप्रमुख गिरीका अनुसार सङ्क्रमणलाई थप बढ्न नदिन तथा जोखिम न्यूनीकरणमा उच्च सतर्कता अपनाउँदै एक हप्ताका लागि नगरपालिकाले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा बजार, पसल, बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय भएको हो ।
नगरपालिकाले कोरोना सङ्क्रमण समुदायस्तरमा पनि देखिएकाले जोखिम न्यूनीकरणका लागि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन नगरवासीमा अनुरोध समेत गरेको सूचना अधिकारी बिन्दु कोइरालाले बताइन । उनका अनुसार यस अवधिमा शैक्षिक संस्थाका पूर्वनिर्धारित परीक्षा तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवा स्वास्थ्यका मापदण्ड पूरा गर्दै सञ्चालन गरिने छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा बन्द, ##निर्णय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्