नागार्जुन नगरपालिकाद्दारा आफ्नै एम्बुलेन्स र शब बहान सञ्चालनमा
काठमाडौं । नागार्जुन नगरपालिकाले आफ्नै एम्बुलेन्स र शब बहान खरिद गरि सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाभित्र बसोवास गर्ने मानिसहरूलाई उपचारको अभावमा मृत्युको मुखमा पुग्न नपरोस,समयमै अस्पतालसम्म पुर्याउन सकियोस तथा नगरवासीले सास्ती व्यहोर्नु नपरोस भन्ने उद्धेश्यले नागार्जुन नगरपालिकाले आफ्नै एम्बुलेन्स र शब बहान खरिद सञ्चालनमा ल्याएको नगर प्रमुख मोहन बस्नेतले साझापानालाई बताए ।
नगर प्रमुख बस्नेतका अनुसार संभावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले एम्बुलेन्स र शबबहान खरिद गरी सञ्चालन गरेको हो ।
दैनिक बढ्दै गएको कोरोना लगायत अन्य कुनै पनि रोगबाट अस्पतालसम्म पुग्न समस्या नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले एम्बुलेन्स तथा शबबहान सञ्चालनमा ल्याएको नागार्जुन नगरपालिकाले जनाएको छ । मंगलवार नगर प्रमुख मोहनबहादुर बस्नेतले एम्बुलेन्स र शब बहानको विधि पुर्वक पूजा गरी सञ्चालनमा आएको हो ।
शबबहान र एम्बुलेन्स सेवा लिनका लागि नगरपालिकाको स्वास्थ्य शाखा, एम्बुलेन्स वा शब बहान चालक, वडाध्यक्ष लगायतसँग सम्पर्क गरी सेवा लिन सकिनेछ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्