टोखा १० को मनोहर माविको स्तरोन्नतीको लागि अन्तर सम्वाद कार्यक्रम सम्पन्न
सीता पौडेल (अर्चना)
काठमाडौं । टोखा नगरपालिका वडा नम्बर १० को आयोजनामा सामाखुशीमा अवस्थित मनहोर सामुदायीक विद्यालयमा अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ । शनिबार समामुदायिक विद्यालय मनोहर माविको पाङ्गणमा सो विद्यालयको स्तरोन्नती तथा यसका लागि आर्थिक वर्ष २०७८/०७९को योजना र बजेट सम्बन्धमा उक्त अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको सर्वाङ्गीण विकासका लागि शैक्षिक क्षेत्र महत्वपूर्ण रहेको भन्दै नगरपालिकाले ‘हाम्रा बालबाललिका ,हाम्रो भविश्य’ भन्ने मूल नारालाई आत्मसाथ गरेको र नगरभित्रका सबै सामुदायीक विद्यालयहरुको स्तरोन्नतीका लागि आफू सधैं प्रतिबद्ध रहेको स्पष्ट पारे ।
आफूले अध्ययन गरेको यस माविप्रति गहिरो समभाव रहेको भन्दै नगर प्रमुख अधिकारीले यस विद्यलयामा प्राविधिक धारको शिक्षा प्रदान गर्न र यसको चौतर्फी विकासको लागि तत्काल नगरपालिकाको तर्फबाट ५० लाख बजेट विनियोजन गरिने उद्घोष गरे । उनले भने , ‘तपाईँहरु लाग्नुस्, उपयुक्त बजेट विनियोजन गर्छु । तर मैले उद्घोष गरेर मात्र हुँदैन, यसको सही व्यवस्थापनमा तपाइँंहरु आफै लाग्नु पर्ने हुन्छ नगर प्रमुख सदैव तपाईँको साथमा छ । ’
त्यस्तै कार्यक्रममा सामुदायिक विद्यालयहरुको गुणस्तरप्रति अझै पनि समाजमा रहेको नकरात्क सोचबाट माथि उठ्नु पर्ने आवश्यकता औल्याउँदै वडा अध्यक्ष मधुसुदन पाण्डेले मनोहर माविको पूर्वाधार विकासका लागि आन्तरिक स्रोतमात्रै अपुग रहने हुँदा प्रदेश र केन्द्र तहबाटै पहल गरिदिन नगर प्रमुखसमक्ष निवेदन गरे । साथै उनले नयाँ शैक्षिक सत्रलाई उत्सवको रुपमा मनाउन विभिन्न किसिमका पाइलट योजना बनाएर अघि बढ्नु पर्ने आवश्यक्ता औल्याए ।

त्यस्तै गरि नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुरामा गौतमले सामुदायिक विद्यालयले प्रदान गर्ने गुणस्तरीय तथा संस्कारयुक्त शिक्षबारे यस क्षेत्रका बालबालिकाहरुलाई बुझाउने , भर्ना गराउने र उनिहरुलाई टिकाउने पहलमा लाग्नृ पर्ने बताए । गणस्तरीय शिक्षाका लागि दक्ष शिक्षक र आवश्यक पूर्वाधारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले विद्यार्थीलाई दिइने सेवा सुविधासँगै तालिम प्राप्त दक्ष शिक्षकको आवश्यक्ता रहेको कुरामा जोड दिए ।

हाल कक्षा १२ सम्मको पठन पाठन हुँदै आइरहेको यस माविका प्रधानाध्यापक माधव भट्टराईले यस विद्यालयको शैक्षिक तथा पूर्वाधार विकास तथा व्यवस्थापनका लागि आवश्यकक बजेटसहितको मन्टेश्वरी शिक्षक , जमिन व्यवस्थापन ,स्नातक र प्राविधिक धारको शिक्षाका लागि व्यवस्था , प्रत्येक वर्ष अवलोकन भर्मणका लागि उचित बजेटको व्यवस्था र शिक्षकको वृत्तिविकासका लागि समायानुकुलका उपयुक्त तालिमको समेत व्यवस्था गर्नु पर्ने जस्ता विषयमा नगर प्रमुख अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

क्याटेगोरी : स्थानीय
ट्याग : ##अन्तर सम्वाद कार्यक्रम, ##टोखा १०, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्