तारकेश्वरमा अस्तब्यस्त प्लटीङ्गका कारण खानेपानिका मूल सुक्न थाले , खानेपानीको हाँहाकार हुँदै
तारकेश्वर काठमाडौं । विगतका बर्षहरुमा भन्दा यस बर्ष तारकेश्वरका बिभिन्न स्थानहरुमा खानेपानीको समस्याले सर्वसाधारणको जनजीवननै कष्टकर बन्न थालेको छ ।
सुख्खा समयमा पनि खानेपालीको मुहान माथी प्लानीङ्गको दादागीरी , निरिह तारकेश्वर प्रशाशन , लगातारको खडेरीका कारण खानेपानीको समस्या चुलिएको हो ।
पानिको धारामा हावाँ मात्र आउन थालेपछि ट्यांकरबाट पानी किन्न तारकेश्वरबासी बाध्य छन ।
काठमाडौंमा मेलम्ची आए सँगै खुसियालीले दंग भएका जनताहरूका मुहारहरूमा फेरि एकपल्ट हिस्सा बुढी खिस्स दाँत झै भएको स्थानिय बताउछन ।
बालाजु देखि उत्तरी भेगमा एकाएक पानीको हाहाकार भएको छ । झोर भण्डारे मुहानबाट साङ्गला हुदै चिम्बरपोखरीबाट फुटुङ्ग हुदै बालाजुसम्म अव्यवस्थित तवरले दिएका पानीको होल तथा चौबिसै घण्टा खोलिने पटके होल लगायत मुहानको सरसफाई तथा मर्मत सवार नभएर यस्तो समस्या खेप्नु परेको स्थानिय बताउछन ।
जुद्ध शमशेरको पाला देखि खाईपाई आएको मुहानको पानी यो भन्दा अगाडि कहिले पनि सुक्ने थिएनन् र हाल आएर एकाएक पानी सुकेको मनमैजुका अमृत अधिकारी बताउछन ।
सिमसार शिवपुरीको फेदी , सिम खेत , कुवाँ , खोला किनारा अनाधिकृत जग्गामा मापदण्ड बिपरीत प्लटीङ्गका कारण दिनप्रतिदिन पानिको मुहान सुक्दा पनि तारकेश्वर नगरपालिका लगायतका निकायहरु बेखबर छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot, #प्लटीङ्गका कारण खानेपानिका मूल सुक्न थाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्