माडीको बिकाशमा कुनै कमि हुन दिदैनौ : नेकपा चितवन अध्यक्ष रावल

शिशिर सिंखडा,चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनकि अध्यक्ष पार्बती रावलले माडीको बिकाशमा कुनै कमि हुन नदिने बताउनु भएको छ । उहाँले माडीको बिकाशका लागि संघीय सरकार र प्रदेश सरकारबाट थुप्रै काम भइरहेको बताउनु भयो । स्वयं प्रधानमन्त्री केपी ओलीले नै माडीलाई मणी बनाउने उदघोष गरेको बताउदै पार्टी अध्यक्ष रावलले माडीको समुन्नत बिकाशको लागि पार्टी र सरकार तपाईंहरुकै साथमा छ, उहाँ भन्नु भयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माडी नगर कमिटीद्वारा माडीको बसन्तपुरमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष रावलले सरकारले गरेका ठुला– ठुला योजना र बिकाशका कामलाई माडीका केहि पक्षले असहयोग गरेको र काम असफल बनाउन लागिपरेको समेत बताउनु भयो ।
माडी नगर कमिटीका अध्यक्ष रेशमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव नारायण अधिकारीले संचालन गर्नु भएको थियो ।
सो अबसरमा नेकपा केन्द्रीय सदस्य हरि सापकोटा, पुरुषोत्तम न्योपाने, जिल्ला सचिव प्रकाश खनाल, अनेमसंघ चितवन अध्यक्ष सरस्वती बिष्ट लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नेकपा चितवन अध्यक्ष
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्