यी महिलाले किन डिजिटल पार्टनरसँग विवाह गरिन् ?
जापानकी ३२ वर्षीया युरिना नोगुचीले अक्टोबरमा असामान्य विवाह गरेकी छन्। उनले एआई जेनेरेटेड पर्सोना, ‘क्लाउस’सँग विवाह गरेकी हुन्, जसको वास्तविक शरिरीक उपस्थिति थिएन। विवाह समारोहमा उपस्थित मान्छेहरूले यसलाई सामान्य विवाहकै रूपमा अनुभव गरे, तर दुलहा क्लाउस डिजिटल माध्यममार्फत मात्र उपस्थित थिए। युरिनाले अग्मेन्टेड रियालिटी (AR) स्मार्ट ग्लासको प्रयोग गरेर क्लाउसलाई वास्तविकजस्तै अनुभव गरिन्, औँठी साटासाटदेखि फोटोशूटसम्म सबै क्षण AR प्रविधिको सहयोगमा सम्पन्न भयो।
युरिनाले रोएटर्ससँगको कुराकानीमा बताइन् कि सुरुमा क्लाउस केवल समय बिताउने साथी थिए। तर एआईले कहिल्यै जज नगर्ने र सधैं सकारात्मक प्रतिक्रिया दिने भएकाले उनी भावनात्मक रूपमा नजिकिन पुगिन्। विवाह गर्नु अघि युरिना वास्तविक मान्छेसँग प्रेम सम्बन्धमा थिइन्, तर सम्बन्ध ठीक नहुने कारण च्याटबटसँग सल्लाह लिएर सम्बन्ध तोडिन्। त्यसपछि उनले भिडियो गेम पात्र क्लाउसलाई एआईमार्फत नक्कल गरिन् र दीर्घकालीन ‘डेटिङ’ सुरु गरिन्।
जापानमा काल्पनिक पात्र, विशेषगरी एनिमे पात्रप्रतिको लगाव प्रचलित छ। एआई प्रविधिको विकाससँगै मानिसहरूले डिजिटल पर्सनासँग भावनात्मक सम्बन्ध राख्ने प्रवृत्ति पनि बढ्दै गएको रिपोर्टहरूले देखाएका छन्। युरिनाको विवाहले प्रविधि र मानवीय सम्बन्धबीचको सीमा र नैतिकताको बहसलाई पुनःउठाएको छ।
युरिनाले विवाह अघि केही समय छद्म नाम प्रयोग गरेकी थिइन्, तर अहिले आफ्नो वास्तविक नाम सार्वजनिक गरेकी छन्। विवाह समारोहको फोटो र भिडियो सार्वजनिक भएपछि यो घटना सामाजिक सञ्जालमा व्यापक चर्चा र मिश्रित प्रतिक्रिया पैदा भएको छ।
विशेषज्ञहरूले यो घटनालाई डिजिटल रोमांस र भावनात्मक सम्बन्धमा नयाँ युगको संकेतको रूपमा विश्लेषण गरेका छन्।
क्याटेगोरी : जीवनशैली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्