प्रकृतिसँग जोडिएको मुलुक : नेपाल सबैभन्दा अगाडि, स्पेन सबैभन्दा पछाडि
प्रकृतिको दुनियाँसँग मानिसको सम्बन्ध कस्तो छ ? यसबारे गरिएको पहिलो विश्वव्यापी अध्ययनका अनुसार प्रकृतिसँग मानिसको सम्बन्धका आधारमा सबैभन्दा नजिक रहेको देश नेपाल हो । यो अध्ययनले प्रकृतिसँगको सम्बन्धबाट सबैभन्दा टाढा रहेको मुलुक स्पेन रहेको देखाएको छ ।
एम्बिओ जर्नलमा प्रकाशित रिपोर्टका अनुसार ६१ देशका ५७ हजार व्यक्तिमा अध्ययन गरिएको थियो ।
प्रकृतिप्रति मान्छेको सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक दृष्टिकोण तथा सम्बन्ध कस्तो छ, भन्ने कुरामा अध्ययन केन्द्रित रहेको थियो । यो अध्ययनले प्रृकतिसँग सबैभन्दा बढी जोडिएको देश नेपाल रहेको निष्कर्ष निकालेको हो । नेपालपछि सबैभन्दा बढी प्रकृतिसँग जोडिएका देशमा इरान, दक्षिण अफ्रिका, बंगलादेश, नाइजेरिया रहेका छन् । छिमेकी देश भारत २२औँ स्थानमा छ ।
शीर्ष १० मा दुईवटा मात्रै युरोपेली मुलुक परेका छन् । जसमा क्रोएसिया सातौँ र बुल्गेरिया नवौँ स्थानमा परेका छन् ।
प्रकृतिसँग सबैभन्दा कम जोडिएको मुलुक स्पेन रहेको देखिएको छ । स्पेन ६१ औँ नम्बरमा छ । त्यसमाथि ६०औँ स्थानमा जापान, ५९औँमा इजरायल, ५८औँमा जर्मनी, ५७औँमा क्यानडा, ५६औँमा नेदरल्याण्ड र ५५औँमा बेलायत रहेका छन् ।
यो नयाँ सोध जर्नल अफ इन्भारोमेन्टल साइकोलोजीमा सन २०२४ मा प्रकाशित डाटामा आधारित रहेको रिपोर्टमा भनिएको छ । डर्बी विश्वविद्यालयका प्रकृति सम्बन्धी विषयका प्राध्यापक माइल्स रिचर्डसनको अगुवाइमा यो शोध भएको हो । जसमा बेलायत र अस्ट्रेलियाका सोधकर्ताहरूको सहभागिता थियो ।
प्रकृतिसँगको घनिष्ठ सम्बन्धका लागि सबैभन्दा बलियो सूचक समाजमा रहेको आध्यात्मिकताको स्तर रहेको अध्यताहरूको निष्कर्ष छ । विज्ञानभन्दा विश्वासलाई प्राथमिकता दिने धेरै धार्मिक समाज र संस्कृतिहरूले प्रकृतिसँगको सम्बन्धलाई उच्च देखाएको अध्ययनकर्ताले उल्लेख गरेका छन् ।
विश्व बैंकले निर्धारण गरेको मापदण्डअनुसार व्यापार गर्न सजिलो र व्यापार अनुकुल चरित्रलाई कम प्रकृतिसँग सम्बन्धित देशको मापदण्डमा राखिएको थियो ।
अध्ययनले प्रकृतिसँग कम जोडिएको कारकका रूपमा शहरीकरणको अवस्था, औषत आय र इन्टरनेटको प्रयोगलाई राखेको थियो ।
क्याटेगोरी : जीवनशैली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्