चिसोमा घाँटीको समस्या
मौसम चिसो भयो कि नाक बग्ने र घाँटी खस्खसाउने वा खोकी लाग्ने समस्याले मानिसलाई सताउने गर्छ । घाँटी खस्खसाउने समस्या उत्पन्न हुनुमा ब्याक्टेरिया वा भाइरसको सङ्क्रमण हुन सक्छ । ब्याक्टेरियाको सङ्क्रमण भएमा रुघा लाग्दैन भने भाइरसले गर्दा रुघा लाग्छ र नाक बग्छ । भाइरसको सङ्क्रमण हो भने एन्टिबायोटिक्सले काम गर्दैन । भाइरसको सङ्क्रमणले घाँटी खस्खसाएमा विभिन्न प्राकृतिक उपाय अपनाएर उपचार गर्न सकिन्छ । नुनपानीले गार्गल गर्नु नुनपानीले गार्गल गर्ने परम्परा शताब्दीयौँदेखि चल्दै आएको छ । यसले काम गर्छ । मनतातो पानीले गार्गल गरेमा झनै राम्रो ।
चिया
विभिन्न खालको चियाले घाँटी खस्खसाउने समस्या हटाउन मद्दत पुग्छ । अदुवा, कागती र दालचिनी हालेर बनाइएको चिया दुई–तीन कप पिउने गरेमा फाइदा पुग्छ । यसै गरी अदुवा, कागती र मरिच हालेर पनि चिया बनाउन सकिन्छ । यसले घाँटीबाट कफ पनि बाहिर निकाल्न सहयोग पुग्छ ।
घाँटी खस्खसाउने समस्या भएमा घाँटीभित्र सुक्खा हुन दिनु हुँदैन । पर्याप्त पानी र चिया पिउने गरेमा घाँटी सुक्खा हुन पाउँदैन ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #breaking, #चिसोमा घाँटीको समस्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्