विराटनगरमा डा. लाल पैथल्याब्स नेपालको अत्याधुनिक डायग्नोस्टिक प्रयोगशालाको औपचारिक शुभारम्भ
विराटनगर । डा। लाल पैथल्याब्स नेपाल प्रा। लि।ले विराटनगरस्थित आफ्नो अत्याधुनिक डायग्नोस्टिक प्रयोगशालाको औपचारिक शुभारम्भ गरेको छ। भारतको डा। लाल पैथल्याब्सको पूर्ण स्वामित्वमा रहेको यस सहायक कम्पनीले उद्घाटन सँगै स्थानीय चिकित्सा समुदायलाई लक्षित गर्दै कन्टिन्युइङ मेडिकल एजुकेसन ९सीएमई० कार्यक्रम पनि आयोजना गरेको हो।
विराटनगरमा आयोजित कार्यक्रममा करिब १०० जना चिकित्सकको सहभागिता रहेको थियो। प्रयोगशालाले करिब छ महिनाअघि नै सेवा सञ्चालन सुरु गरिसकेको भए पनि यस कार्यक्रम मार्फत यसको औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ।
सीएमई कार्यक्रममा डायग्नोस्टिक चिकित्सासम्बन्धी दुईवटा वैज्ञानिक प्रस्तुति गरिएको थियो। पहिलो प्रस्तुतिमा अल्जाइमर रोग र मल्टिपल स्क्लेरोसिसजस्ता न्यूरोलोजिकल रोगहरूको प्रारम्भिक पहिचान तथा मूल्याङ्कनमा रगतमा आधारित बायोमार्करहरूको प्रयोगबारे जानकारी दिइएको थियो। दोस्रो प्रस्तुतिमा एलर्जी डायग्नोस्टिक्स तथा कम्पोनेन्ट रिजोल्भ्ड डायग्नोस्टिक्स को क्लिनिकल उपयोगिता र व्यक्तिगत उपचार व्यवस्थापनमा यसको भूमिकाबारे चर्चा गरिएको थियो।

कम्पनीका प्रतिनिधिहरूका अनुसार विराटनगर प्रयोगशालाको स्थापना पूर्वी नेपालका चिकित्सक तथा बिरामीलाई गुणस्तरीय, भरपर्दो र आधुनिक डायग्नोस्टिक सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको हो। उन्नत प्रयोगशाला परीक्षणमार्फत रोगको समयमै पहिचान, प्रभावकारी उपचार योजना तथा चिकित्सकीय निर्णय प्रक्रियामा सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
डा। लाल पैथल्याब्स नेपाल प्रा। लि।ले हाल काठमाडौं र विराटनगरमा पूर्ण रूपमा सुसज्जित प्रयोगशालाहरू सञ्चालन गरिरहेको छ। साथै देशका प्रमुख शहरहरूमा रहेको कलेक्सन सेन्टरहरूको सञ्जालमार्फत देशभरका बिरामीलाई सहज रूपमा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विराटनगर प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (NPHL नेपाल) बाट ‘बी’ श्रेणीको र काठमाडौं प्रयोगशाला ‘ए’ श्रेणीको प्रयोगशालाका रूपमा प्रमाणित छन्। साथै काठमाडौं प्रयोगशालाले ISO 15189:2022 प्रत्यायन प्राप्त गरेको छ, जुन चिकित्सा प्रयोगशालाको गुणस्तर, सटीकता र विश्वसनीयताका लागि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्ड हो।
७५ वर्षभन्दा बढी अनुभव रहेको डा लाल पैथल्याब्स दक्षिण एसियाका अग्रणी डायग्नोस्टिक सेवा प्रदायकमध्ये एक हो। कम्पनीले पूर्वी नेपालमा आफ्नो उपस्थितिले आधुनिक प्रयोगशाला परीक्षण सेवामा पहुँच विस्तार गर्नुका साथै निरन्तर चिकित्सा शिक्षा र स्थानीय चिकित्सा समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #डा. लाल पैथल्याब्स, #विराटनगरमा डा. लाल पैथल्याब्स नेपालको अत्याधुनिक डायग्नोस्टिक प्रयोगशालाको औपचारिक शुभारम्भ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्