तनाव के हो र यसको समाधान के के हुन्?
तनाव एक प्रकारको शारीरिक प्रतिक्रिया हो। जुन भावनात्मक, शारीरिक, रासायनिक कारणले हुन्छ। आजभोलिको व्यस्त जीवनमा मानिसहरु अव्यवस्थित जीवनशैली अपनाउँदा तनाव बढ्न थालेको छ। तनाव हुँदा मानिसमा क्रोध वा रिस उठ्ने, बेचैनी, चिडचिडापन, एक्लोपन जस्ता भावनात्मक लक्षणहरू देखिन सक्छन्। यो समस्यालाई समयमै समाधान गर्न सकिएन भने व्यक्ति डिप्रेसन, मानसिक रोग, अस्वस्थ यौन जीवनलगायत अन्य स्वास्थ्य समस्याको सिकार हुन सक्छ। तनावले उच्च रक्तचाप तथा हृदयाघात जस्ता समस्याको खतरा बढ्छ । त्यसैले तनावलाई बढ्न दिनुहुँदैन ।
तनाव कम गर्ने उपायहरुः
- खानपान बदल्नुहोस् जस्तै ः मद्यपान, धुम्रपानको अत्याधिक उपभोगबाट बच्नुहोस्।
- तरकारी, फलफूल प्रशस्त खाने। आहारमा ट्रान्स फ्याट, चिनीयुक्त खानेकुरा समावेश नगर्नुहोस्।
- विभिन्न घरायासी काम अर्थात् घरेलु सामान बनाउने काममा व्यस्त रहँदा पनि निकै कुराको तनाव कम हुन्छ ।
- आफुलाई सधैं व्यस्त राख्नुहोस्।
- आफ्नो मनपर्ने काम गर्ने प्रयास गर्नुहोस्। गीतहरू सुन्नुहोस्, किताबहरू पढ्नुहोस्, साथीहरूसँग घुम्न जानुहोस्।
- सन्तुलित भोजन, नियमित व्यायाम, स्वस्थ सामाजिक जिवन, सहकार्य, ध्यान तथा योगा गर्ने तथा बढि महत्वाकांक्षा नराख्ने जस्ता कुराहरुले पनि तनाव घटाउन सहयोग पूराउँछन् ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #तनाव के हो र यसको समाधान के के हुन्?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्