यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?
हिन्दुशास्त्रको पुरुषार्थको अवधारणामा जीवनको चारवटा मुख्य खम्बाबारे वर्णन गरेको पाइन्छ । पहिलो पर्छ धर्म , जसमा दैनिक गर्ने कार्य, नैतिकता, आदर्शका कुराहरु पर्छन् । त्यसपछि आउँछ, अर्थ । अर्थ भनेको काम गरेर वा जीविकोपार्जन गर्ने परिवारलाई चाहिने गाँस, बास र कपासको जोहो गर्नु ।
तेस्रोमा आउँछ, काम । काममा यौनको साथै माया, प्रेम, इच्छा र सद्भाव पनि पर्छन् । र, चार नम्बरमा आउँछ, मोक्ष । मोक्ष भनेको समाधि वा आनन्दको प्राप्ति हो । विज्ञानले पनि यौन सुखले मानिस स्वस्थ रहने कुरामा जोड दिन्छ । यौनले नै सिर्जना र आनन्द दुवै दिन्छ । शरीरको लागि खाना जति आवश्यक छ त्यति नै यौन जीवन पनि आवश्यक मानिन्छ । यौन सम्बन्धले मांसपेशीलाई आराम दिन्छ । जसले गर्दा व्यक्तिलाई मीठो र गहिरो निद्रा पार्छ । यसरी निद्रा पर्नु पनि मानसिक स्वास्थ्यदेखि शरीरका लागि पनि फाइदाजनक हुन्छ।
कुनै कुराले चिन्ता भइरहेको छ भने यौन सम्बन्ध राखेको केही समयमै दिमागमा आनन्द र आराम दिने हार्मोन अक्सिटोसिन र इन्डोर्फिन निष्कासन गर्छ । तर यसको मतलब यो होइन कि तनाव कम गर्न यौनक्रिया नै गर्नुपर्छ । यौनक्रिया गर्दा दिमागका यस्ता न्युरोट्रान्समिटरहरु सक्रिय हुन्छन् र दम्पतीबीच सामीप्य बढाउँछ । तर धेरै तनावले यौन स्वास्थलाई नराम्रो असर पनि गर्छ।
तनावले यौन स्वास्थ्यलाई कसरी असर गर्छ?
यौन क्रिया तनाव कम गर्ने उत्तम उपाय हो। यसले एन्डोर्फिनलगायत अन्य हर्मोनहरू निकाल्छ, जसले मुड सुधार गर्छ। तर, अर्कोतर्फ तनाव र चिन्तामा हुनुले तपाईंको यौन स्वास्थ्यलाई पनि नराम्ररी असर गर्न सक्छ। तनावका कारण पुरुषलाई इरेक्टाइल डिसफङ्शन हुने सम्भावना हुन्छ। तनावले पुरुष र महिलाको यौन स्वास्थ्यलाई असर गर्छ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्