शरिरमा भिटामिन ‘डी’ को कमी भएमा के हुन्छ?
भिटामिन ‘डि’ शरीरको विकासका लागि आवश्यक पर्ने भिटामिन हो । भिटामिन डि हड्डी मांसपेशीको विकासको लागि निकै फाइदाजनक छ । त्यसका अलावा भिटामिन डि ले सम्पूर्ण स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन ‘डि’ ले शरीरको मांसपेशी मुटु, फोक्सो, दिमाग स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्।
भिटामिन डीको कमी भए डिप्रेशन, मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी अन्य रोग हुन सक्छ। भिटामिन ुडीुको अर्को नाम सनसाईन भिटामिन हो। जब सुर्यको किरण हाम्रो छालामा पर्छ, त्यसपछि कोलेस्ट्रोरलाई कन्भर्ट गर्दै कलेजोमा भिटामिन डी बन्छ।
भिटामिन ‘डिु कमिको लक्षणहरु के के हुन् ?
यसको कमि भएमा हड्डी र मांसपेशीहरुमा समस्या देखिन्छ। त्यो लगायत सुताईमा समस्या आउन सक्छ, थकाई महसुस हुने, मुड अफ भईरहे जस्तो, शरीरमा शक्ति नभए जस्तो, ढाड दुख्ने समस्या, शरीरमा बेलामा संक्रमण हुने, खान मन नलाग्ने, जिउ घट्दै जाने, कम्जोर हुने, शरीर कटकट खाईरहे जस्तो लाग्ने समस्या लिएर बिरामीहरु आईपुग्छन्।
भिटामिन ‘डि’ कसरी प्राप्त गर्ने ?
भिटामिन डि को उपचार विशेषगरी दुई किसिमले गर्न सकिन्छ । भिटामिन डि युक्त खानेकुरा खाएर र बिहानको घाममा कम्तीमा आधादेखि एक घण्टा ताप्दा भिटामिन डिको पूर्ति गर्न सकिन्छ । भिटामिन डि धेरै कम छ भने चिकित्सकको सल्लाह बमोजिम भिटामिन डि युक्त औषधीको प्रयोग गरेर पनि शरीरमा भिटामिन डिको पूर्ति गर्न सकिन्छ ।
भिटामिन डीको लेभलहरु हेरीरहनु पर्छ र कमि रहेछ भने पुरकहरु लिनुपर्छ।
कसलाई आवश्यक हुन्छ यो जाँच ?
-६०र७० वर्ष उमेर पुगेकाहरु
– बिहान घाम लाग्नु अगाडी अफिस जाने र बेलुका घाम अस्ताएपछि घर फर्किने कर्मचारिहरुलाई
– गर्भवतीहरुलाई
-जटिल किसिमका रोग भएकाहरु (क्यान्सर,मृगौला, कलेजोका बिरामीहरु)
यस्ता मानिसहरुले सकेसम्म ६र६ महिनामा र नसके वर्षमा एकपटक भए पनि भिटामिन डीको जाँच गराउन आवश्यक हुन्छ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #शरिरमा भिटामिन 'डी' को कमी भएमा के हुन्छ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्