कपाल झर्छ ? यसरी राेक्न सकिन्छ
- तेललाई अलिकति तताएर पनि लगाउन सकिन्छ ताकि तेलले कपालको जरालाई राम्ररी अँठ्याउन सकोस । तेल लगाएर १५ मिनेटसम्म हल्का हातले मसाज गर्नुस ।
- सेम्पुलाई सोझै कपालमा दल्नुको साटो त्यसलाई थोरै पानीमा मिसाएर पहिले डाइल्यूट गर्नु उपयुक्त हुन्छ । अत्यधिक सेम्पुको प्रयोगले पनि कपाल कमजोर भएर र्झन थाल्छ ।
- कपाल धुनका लागि तातो पानीको प्रयोग सकभर नगर्नुस । कोठाको तापमान वा त्यसभन्दा अलिकति चिसो पानी प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ ।
- हरियो पत्तेदार सागपात, किसमिस, अन्डा, ब्रोकाउली, दही, बदाम इत्यादिको सेवन गर्नुस ।
- धेरै तनाव लिने व्यक्तिहरुको कपाल झर्नुका साथै चाँडै फुल्छ पनि । यसले कपालको वृद्धिमा पनि नकारात्मक असर पुर्याउँछ ।
- चिसो कपालमा काइयोले नकाेर्नुहाेस्। कपाललाई हावामा सुक्न दिनुस र मोटो दाँत भएको काइयोले कोर्नुस ।
- कपाललाई नियमितरुपमा ट्रिम गर्नाले कपालका टुप्पोलाई पुग्ने क्षति कम गर्न सकिन्छ ।
- समय-समयमा कपाल छाँट्नुस् । हरेक प्रकृतिका कपालको ट्रिम गर्ने समयावधि अलग अलग हुन्छ । आमरुपमा चारदेखि ६ महिनामा कपाल ट्रिम गर्नुपर्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #कपाल झर्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्