विद्यार्थीको भविष्य सुरक्षित बनाउनेतर्फ केन्द्रित छौं – नारायण बास्तोला
नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयहरू भर्ना अभियानमा व्यस्त छन् । यसै सन्दर्भमा सञ्चारकर्मी जीवनराज दाहालले सनफ्लावर सेकेन्डरी बोर्डिङ स्कुल, धनुषाका संस्थापक तथा प्रिन्सिपल नारायण बास्तोलासँग गरेको छोटकरी संवाद :
स्वागत छ नारायण सर ।
– धन्यवाद जीवनजी, तपाईं र तपाईंको मिडियामार्फत सबैलाई आभार ।
भर्ना अभियानको चटारोमा प्रिन्सिपलको मनस्थिति कस्तो छ ?
– हाम्रो मुख्य चिन्ता विद्यार्थीको भविष्य सुनिश्चित गर्नु हो, जसमा अभिभावकको विश्वासले हौसला दिन्छ ।
निजी विद्यालयहरूलाई लाभमुखी भनिन्छ, तपाईंको धारणा ?
– केही अपवादहरूलाई लिएर सबैलाई दोष दिन मिल्दैन । हामी न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन कटिबद्ध छौं ।
संस्थागत विद्यालयहरूको समग्र भूमिका के देख्नुहुन्छ ?
– निजी विद्यालयले राम्रो नतिजा दिइरहेका छन् । तर, धेरैजसो विद्यार्थी माध्यमिक तहपछि सामुदायिक विद्यालय जान्छन्, जुन संयोजन हो ।
सामुदायिक विद्यालयप्रति तपाईंको दृष्टिकोण ?
– पूर्ण सम्मान छ । तर, निजी विद्यालयप्रति पूर्वाग्रह होइन, सहकार्य चाहिन्छ ।
राज्यको व्यवहार कस्तो लाग्छ ?
– सकारात्मक भन्दा निषेधात्मक । कर तिर्छौं, रोजगारी दिन्छौं, तर राज्यको सहयोग खासै पाइँदैन ।
अन्त्यमा ?
– हाम्रो विद्यालयमा एकपटक अवश्य आउनुहोस् । तपाईंहरूको साथ, सल्लाह र सद्भाव नै हाम्रो प्रेरणा हो ।
क्याटेगोरी : अन्तरवार्ता
ट्याग : #नारायण बास्तोला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्