चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
देशभर निर्वाचनको माहोल तातेको बेला काठमाडौं क्षेत्र नं. ७ का पुराना कम्युनिष्ट नेता, समाजसेवी तथा बामपन्थी आन्दोलनका अगुवा शैलेश बज्राचार्यसहित दर्जनौँ युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमाले प्रवेश कार्यक्रममा बोल्दै बज्राचार्यले वर्तमान राजनीतिक अवस्था, विकास, सुशासन, समृद्ध राष्ट्र निर्माण र राष्ट्रियताका सवालमा नेकपा एमाले नै जनताको भरोसायोग्य शक्ति भएको बताएका थिए। उनीहरूले विगतमा काठमाडौं क्षेत्र नं. ७ मा विकास र पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको स्मरण गराउँदै ती कार्यहरूको नेतृत्व प्रकाश श्रेष्ठले गरेको उल्लेख गरे।
कार्यक्रममा बोल्दै श्रेष्ठले पूर्व प्रदेश सांसद तथा बागमती प्रदेशका पूर्व कृषि मन्त्री प्रकाश श्रेष्ठले किसानमैत्री नीति निर्माण, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, स्थानीय उत्पादनको प्रवर्द्धन र युवालाई स्वरोजगारमुखी कार्यक्रममार्फत आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताए। साथै सडक, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी र सहरी पूर्वाधार विकासमा देखाएको सक्रियता जनताले प्रत्यक्ष रूपमा अनुभूति गरेको उनको भनाइ थियो।
अब देशको विकास, सुशासन र समृद्धिको नेतृत्व नेकपा एमालेले नै गर्ने दाबी गर्दै श्रेष्ठले काठमाडौं क्षेत्र नं. ७ लगायत क्षेत्रका पुराना कम्युनिष्ट कार्यकर्ता र आम जनसमुदायलाई नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे।
आज आयोजित एक समारोहबीच नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले शैलेश बज्राचार्यसहित एमाले प्रवेश गर्ने दर्जनौँ युवाहरूलाई पार्टीमा स्वागत गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्