‘पञ्चामृत’ मा गणेश तिमल्सिना ‘गति’ को ‘मनोगति’ माथि गहन संवाद
बर्दिवास (महोत्तरी) – ओमकार टेलिभिजनको चर्चित कार्यक्रम ‘पञ्चामृत’ को ७२औँ शृङ्खलामा धनुषाका उदाउँदा साहित्यिक स्रष्टा गणेश तिमल्सिना ‘गति’ सँग उनको नवप्रकाशित कृति र सृजनात्मक यात्रामाथि गहन साहित्यिक संवाद सम्पन्न भएको छ । पेशाले शिक्षकसमेत रहेका तिमलसिनाले हालै ‘मनोगति’ शीर्षकको मुक्तक सङ्ग्रह पाठकमाझ सार्वजनिक गरेका हुन् ।
३३६ चोटिला मुक्तक समेटिएको यस कृतिलाई लेखकले करिब पाँच वर्षको साधनाबाट तयार पारेका हुन् । करिब एक हजार मुक्तकहरूमध्ये गहिरो छनोटपछि तयार गरिएको ‘मनोगति’ ले केवल मनका तरङ्ग मात्र होइन, समाजका राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक प्रवृत्तिहरूलाई पनि व्यङ्ग्यात्मक र संवेदनशील ढङ्गले उजागर गरेको छ । लेखकका शब्दमा, ‘मनोगति’ समाजको चाल–ढाल समेटिएको साहित्यिक दर्पण हो ।
देशभक्ति, सामाजिक विकृति, प्रेम र मानवीय संवेदनाका बहुरङ्गी भावनाहरू मुक्तकहरूमा जीवन्त देखिन्छन् । तिमलसिनाले आफ्नो कृतिलाई ‘सप्तरङ्गी फूल’ सँग तुलना गर्दै नवरसको सन्तुलित प्रयोग गरिएको दाबी गरे । कार्यक्रममा उनले सामाजिक विसंगतिमाथि प्रहार गर्ने एक मर्मस्पर्शी मुक्तक वाचन गर्दै दर्शक–श्रोताको ध्यान ताने ।
साहित्यिक गतिविधिलाई संस्थागत बनाउने उद्देश्यका साथ तिमलसिना कमला साहित्य कला समाज, धनुषा का अध्यक्षसमेत रहेका छन् । आफ्नो नगरपालिका गणेशमान चारनाथ मा साहित्यिक संस्थाको अभाव महसुस गरी नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने ध्येयले समाज स्थापना गरिएको उनले बताए । अझ उल्लेखनीय पक्ष के भने, पुस्तक बिक्रीबाट प्राप्त हुने रकम (खर्च कटाएर) व्यक्तिगत लाभका लागि प्रयोग नगरी संस्थामार्फत उदाउँदा सर्जकहरूलाई सहयोग गर्ने प्रतिबद्धता उनले सार्वजनिक गरे ।
युवा पुस्तालाई साहित्यतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिँदै तिमलसिनाले ‘मनोगति’ ले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने विश्वास व्यक्त गरे । हाल व्यक्तिगत सम्पर्कका माध्यमबाट वितरण भइरहेको यस पुस्तकको मूल्य रु. २७५ तोकिएको छ । कार्यक्रमको अन्त्यमा उनले प्रस्तोता जीवनराज दाहाल लाई कृति उपहारस्वरूप प्रदान गरे ।

समग्रमा, गणेश तिमलसिना ‘गति’ को साहित्यिक यात्रा आधारस्तम्भजस्तै देखिन्छ – जसलाई केन्द्रमा राखेर उनले समाजमा व्याप्त विसंगति र विकृतिहरूलाई साहित्यको उज्यालो माध्यमबाट सुधार्ने निरन्तर प्रयास गरिरहेका छन् ।
क्याटेगोरी : banner, अन्तरवार्ता, मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #Ganesh Timalsina, #गणेश तिमल्सिना गति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्