अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा हिमआँधी : आपतकाल घोषणा, जनजीवन प्रभावित
राजन काफ्ले
न्युयोर्क । न्युयोर्क सिटीसहित अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आइतबार ठूलो हिमआँधीले जनजीवन प्रभावित भएको छ ।
शनिबार रातिदेखि सुरु भएको भारी हिमपातका कारण न्युयोर्क र न्यु जर्सी राज्यले आपतकाल घोषणा गरेका छन् भने न्युयोर्क सिटीका सबै सार्वजनिक विद्यालयहरू सोमबारका लागि बन्द गरिएका छन् भने कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन हुने जनाइएको छ ।
न्युयोर्कको सेन्ट्रल पार्क, म्यानहटन लगायतका क्षेत्रमा बाक्लो हिउँ जमेको छ । अत्यधिक चिसोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।
तापक्रम शून्यभन्दा तल करिब माइनस १० डिग्री सेल्सियससम्म झरेको छ भने चिसो हावाका कारण अनुभूत तापक्रम माइनस १५ डिग्रीसम्म पुगेको छ ।
आइतबार साँझ ४ बजेपछि हिमपातको मात्रा केही घटे पनि पानी मिसिएको हिउँ सोमबारसम्म जारी रहने पूर्वानुमान गरिएको छ ।
न्युयोर्क, न्यु जर्सी, म्यासाचुसेट्स, पेन्सिल्भेनिया, कनेक्टिकट र न्यु ह्याम्पशायरमा दैनिक जीवन कठिन बनेको छ । सडकमा हिउँ पगाल्न नुन छर्किने तथा सफाइ सवारीसाधनहरू दिनभर सञ्चालनमा रहे पनि आपतकालका कारण सवारीसाधन र मानिसहरूको आवागमन न्यून देखिएको थियो ।
धेरै पसल तथा फास्ट–फुड सेवा पनि बन्द रहेका छन् । सरकारी अधिकारीहरूले आगामी एक हप्ता तापक्रम अझै घट्ने चेतावनी दिँदै नागरिकहरूलाई सतर्क रहन र न्यानो रहन आग्रह गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot, #अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा हिमआँधी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्