इरानमा जारी प्रदर्शनमा अहिलेसम्म ४५ जनाको मृत्यु : तेहरान विमानस्थल, इन्टरनेट र फोन सेवा बन्द
काठमाडौं । इरानमा आर्थिक संकट र मूल्यवृद्धिको विरोधमा १० दिनदेखि जारी विरोध प्रदर्शन बीच बिहीबार राति विभिन्न शहरमा सरकारविरुद्ध ठूलो प्रदर्शन भएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार यो विरोध प्रदर्शन देशभरका १०० भन्दा बढी शहरहरूमा फैलिएको छ ।
प्रदर्शनकारीहरूले सडकहरू अवरुद्ध गरेका छन् भने आगजनी पनि गरेका छन् । इरानी सर्वोच्च नेता आयतोल्लाह अली खमेनीविरुद्ध प्रदर्शन जारी राखेका हुन् ।
अमेरिकी मानव अधिकार एजेन्सीका अनुसार प्रदर्शनका क्रममा भएको हिंसामा अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ, जसमा आठ बालबालिका पनि छन् । साथै, एक प्रहरी अधिकारीलाई छुरा प्रहार गरी हत्या गरिएको छ । अहिलेसम्म २ हजार २७० भन्दा बढीलाई हिरासतमा लिइएको छ ।
जारी प्रदर्शनकाबीच तेहरान विमानस्थल बन्द गर्नुका साथै देशभर इन्टरनेट र फोन सेवाहरू काटिएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #इरानमा जारी प्रदर्शनमा अहिलेसम्म
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्