मोदी र म्याक्रोँबीच युक्रेनको संकटबारे वार्ता
पेरिस । युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग भेटवार्ता गरेका छन् । उक्त भेटका अवसरमा दुई नेताले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा वार्ता गरेका छन् ।
वार्तापछि दुबै देशका नेताहरूले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । दुबै नेताले रुस–युक्रेन द्वन्द्वमा तत्काल शत्रुता अन्त्य गर्न आह्वान गर्दै युक्रेनको मानवीय संकटप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन् ।
भारत र फ्रान्सले रुस–युक्रेन द्वन्द्वमा तत्काल शत्रुता अन्त्य गर्न आह्वान गर्दै मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेको दुई देशद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
सर्वसाधारणको पीडाको अन्त्यका लागि दुवै पक्षलाई एकै ठाउँमा ल्याउने र संवाद तथा कूटनीतिको प्रवर्द्धन गर्नसमेत दुवै नेताले सहमति जनाएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्