आरुघाटमा स्वस्थ्य स्वयंसेविकाहरुका लागि १० दिने आधारभूत तालिम सुरु
गोरखा। गोरखाको आरुघाट गाउँपालिकामा महिलाहरुका लागि सामुदायिक स्वस्थ्य स्वयंसेविकाहरुका लागि १० दिने आधारभूत तालिम सुरु भएको छ ।
आरुघाट गाउँपालिकाको आयोजना तथा आरुघाट गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा तालिम सुरु भएको हो ।
तालिमलाई पालिकाका अध्यक्ष राजु गुरुङ र उपाध्यक्ष कल्पना नेपालीले उद्घाटन गरेका थिए ।
बुधबारबाट सुरु भएको तालिममा १० वटै वडाका १८ जना सहभागी छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सो अवधिमा स्वस्थ्य सम्बन्धी आधारभूत सीप सिकाईने पालिकाका हेल्थ असिस्टेन्स प्रबिन थापाले बताए ।
आरुघाटका आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा तालिम सुरु भएको हो । कार्यक्रममा स्वथ्य क्षेत्रमा निरन्तर खटिएका स्वयंसेविकाहरुको सेवा बढाउदै लैजाने बताउदै उनीहरुमध्य पनि उत्कृष्ट काम गर्नेलाई कार्यसम्पादन र मूल्यांकनका आधारमा पुरस्कृत गर्ने पालिका अध्यक्ष राजु गुरुङले बताए ।
कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । स्वास्थ्य शाखाका सहसंयोजक सुनिता अधिकारीले कार्यक्रमलाई सहजीकरण गरेका थिइन् ।
क्याटेगोरी : स्थानीय, स्वास्थ्य
ट्याग : #आरुघाट गाउँपालिका, #राजु गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्