नवराज गौतमको वास्तविक कथामा आधारित “बिर्सु कसरी” सार्वजनिक
नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति प्रस्तुत गर्दछ। गीतमा गायक मोतिराज खनाल र गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतको शब्द नवराज गौतमले स्वयं लेखेका हुन् भने संगीत मोतिराज खनालले तयार गरेका हुन्। महेन्द्र भण्डारीको संगीत संयोजन रहेको यस गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो। रेकर्डिङ सुमन रानाले गरेका हुन् भने मिक्सिङ कुमार रानाले गरेका छन्।
म्युजिक भिडियोमा नवराज गौतमसहित सरिता ढुंगाना, भगवान भण्डारी, चन्दा बिडारी, कमला भुजेल, सागर गिरी, गीता खनाल, कृष्टीना शाह, सरिता कुवर, सिद्धार्थ कंडेल, साइब्रीना थिङ, बिक्रम थापा र लक्ष्मण खड्का लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।
भिडियो निर्देशन निर्देशक देवेन्द्र कुवरले गरेका हुन् भने छायांकन दीपक गिरी र सम्पादन राजेश कुमारले गरेका छन्।
यो गीत नवराज गौतमको वास्तविक जीवनमा घटेको एक दर्दनाक घटनामा आधारित रहेको बताइएको छ, जसमा प्रेम, सामाजिक दबाब र बिछोडको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। “बिर्सु कसरी”लाई केवल गीत मात्र नभई वास्तविक भावनाको अभिव्यक्तिका रूपमा लिइएको छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नवराज गौतमको वास्तविक कथामा आधारित “बिर्सु कसरी” सार्वजनिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्