फागु पूर्णिमामा कमला सहित्य कला समाज धनुषाको विशेष कार्यक्रम
धनुषा, फागुन १६, २०८२ – गणेशमान चारनाथ नगरपालिका–५, सखुवनी, हरिहरेश्वर मन्दिर परिसरमा शनिबार कमला साहित्य कला समाज धनुषाद्वारा आयोजित साहित्य रचना वाचन तथा फागु पूर्णिमाको शुभकामना आदानप्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
कार्यक्रमको अध्यक्षतामा गणेश तिमल्सिना गति रहँदा, प्रमुख अतिथिहरूमा गौरीशङ्कर मिथिला वाङ्गमय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे (अग्निकवज), सिस्नोपानी नेपाल बर्दिवासका अध्यक्ष नारद काफ्ले, ओमकार टेलिभिजनका प्रस्तोता जीवनराज दाहाल, राष्ट्रिय फूलकुमारी माविका प्र.अ. भानुभक्त गौतम र कमला एकादशी समूहका आमा दिदीबहिनीहरू उपस्थित थिए ।
उक्त अवसरमा अतिथिहरूलाई खादा र सम्मानपत्र प्रदान गर्दै कमला साहित्य कला समाजका ब्याच वितरण गरियो ।
कार्यक्रममा रचना वाचन गर्नेहरूमा समाजका सदस्य मुकेश यादव, किशोर, महेश महतो, सुमन अधिकारी, गोविन्द खड्का, साथै प्रमुख अतिथिहरू प्रेम घिमिरे, नारद काफ्ले, जीवनराज दाहालले आफ्ना रचनाहरू वाचन गरे । भजन गायनमा सुलेखा गिरि, विमला उपाध्याय, लिलामाया खड्का र अन्य सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको विशेष अंशमा अध्यक्ष गणेश तिमल्सिना गति र कोषाध्यक्ष गोविन्द खड्का द्वारा पत्रकार तथा साहित्यकार जीवनराज दाहाल लाई मुक्तक सङ्ग्रहको प्रचार–प्रसारमा गरेको योगदानको लागि सम्मानपत्र र गम्छा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्षले सम्पूर्ण उपस्थितलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो मुक्तक सङ्ग्रहका तीन रचना श्रवण गराएर चिया खाजासहित बिदाइ गरेका थिए
क्याटेगोरी : banner, मनोरञ्जन/साहित्य
ट्याग : #कमला साहित्य कला समाज धनुषा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्