“दोस्रो क्रियटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२५” सम्पन्न

काठमाडौं । एक्टिभ म्युजिक प्रा.लि.ले आयोजना गरेको “दोस्रो क्रियटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२५”फाईनल कार्यक्रम सम्पन्न भएको छ ।
चलचित्र बिकासबोर्ड चाबहिलमा पुर्व उपराष्ट्रपति ,नेकपा(माओवादी केन्द्रका) उपाध्यक्ष एवं माओवादीले २०५२ साल देखि २०६३ साल सम्म गरेको जनयुद्धका चर्चित सैन्य कमाण्डर नन्द बहादुर पुन (पासाङ) को प्रमुख आतिथ्यतामा तथा एक्टिभ म्युजिक प्रा.लि.का प्रबन्ध निर्देशक बिजेन्द्र नौबागेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम पछिल्लो समय आम दर्शकहरुको मन मुटुमा बस्न सफल मोडल, साहित्यकार तथा कुशल कार्यक्रम सन्चालक दिपेन्द्र शाहीले सन्चालन गर्नुभएको थियो ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा चलचित्र कलाकार संघका अध्यक्ष वरिष्ठ निर्देशक तथा कलाकार मोहन निरौला, वरिष्ठ निर्देशक तथा कलाकार शुभाष प्रसाद गजुरेल,जन आकाश साप्ताहिकका सम्पादक तथा अध्यक्ष मोहन कार्की,पपुलर ग्रुप प्रा.लि.का अध्यक्ष गणेश बहादुर थापा,सुन्दर पकिल्पना सक्षम समाजकी अध्यक्ष कुमारी बाँठा मगर (मनु),वरिष्ठ निर्देशक तथा कलाकार राम काजि घिमिरे,वरिष्ठ अधिवक्ता तथा कलाकार कृष्ण प्रसाद ढुंगाना,भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका अध्यक्ष अर्जुन केसी.,महासचिव कृष्ण हरी के.सी.वरिष्ठ कलाकार यादव बैरागी,लगायत सामाजिक तथा कलाकारीता क्षेत्रमा योगदान पुर्याउनुहुने बिशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिभिन्न क्षेत्र मार्फत समाजिक रुपान्तरण र सांगीतिक क्षेत्रमा योगदान पुर्याउने ३१ जनालाई प्रमुख अतिथि पासाङबाट सम्मानपत्र प्रदान समेत गरिएको थियो ।
सम्मान पाउनुहुनेहरुमाः रजत सम्मान लोक स्वर सम्राट वरिष्ठ लोक तथा दोहोरी गायक राजु परियार, पत्रकारिता सम्मान सानुकाजी श्रेष्ठ, अशिम लोप्चन तामाङ, सदाबाहार गायिका सम्मान वरिष्ठ गायीका देवीका बन्दना, संगीत साधक सम्मान वरिष्ठ संगीत संयोजक (एरेन्जर) राजु खड्का, दशक सम्मान वरिष्ठ लोक तथा दोहोरी गायिका टिका पुन, नेपाली चलचित्र पहिलो महिला निर्देशक सम्मान सुचित्रा श्रेष्ठ, नेपाली चलचित्र चरित्र अभिनेत्री सम्मान रश्मि भट्ट, विषेश व्यक्तित्व सम्मान चलचित्र निर्माता शर्र्मिला पाण्डे, सञ्चारकर्मी सम्मान डिवि पराजुली, छायाँकार सम्मान केशव अधिकारी, लोक तथा दोहोरी गायक प्रोत्साहन सम्मान हरिराम परियार, गीतकार सम्मान सामना शाहा, म्यूजिक भिडियो मोडल सम्मान देव महतो, कला सम्मान विनोद कार्की, निर्देशक तथा मोडल सम्मान दिनेश डाँगी, युवा व्यवसाय सम्मान राज कार्की, कला सम्मान दिलिप ढकाल, बाल कलाकार सम्मान मञ्जली तामाङ्ग, बाल कलाकार सम्मान आरिया शाही, भिडियो सम्पादन सम्मान इनिश बुढाथोकी रहनु भएको छ ।
त्यसै गरी समाजसेवि सम्मानबाट सम्मानित हुनुहुुनेहरुमा दुर्गा लम्माल, सुशीला कट्टेल गैरे, राम कुवँर, अभिचन्द्र कार्की, ज्ञानेन्द्र गौतम, रमिता बस्नेत रहनु भएको छ । महिला उद्यमी सम्मानबाट हिमा कुमारी मल्ल, उमा मिश्र सम्मानित हुदै गर्दा स्वयंसेविका सम्मानबाट दुर्गा न्यौपाने र अमृता नौबागे सम्मानित भए भने कार्यक्रम सञ्चालक दिपेन्द्र शाहीले उद्घोषक सम्मान हात पारे ।
दोस्रो क्रियटिभ इन्टरनेशनल म्यूजिक अवार्ड २०२५ का निर्णायक समूहका साउण्ड इन्जिनियर डिका गुरुङ्ग, गायक भुवन प्यासी, ओम प्रकास राई, रमेस श्रेष्ठ, भुवन प्रकास बडु सम्मानित भए ।
सर्वोकृष्ट अवार्ड प्राप्त गर्नेहरुमा आधुनिक गायक रुपक डोटेल, आधुनिक गायिका नृत्यशिवा, लोक तथा दोहोरी गायिक माधप भण्डारी, लोक तथा दोहिरी गायिका सुनिता सुनार, लोक आधुनिक गायक सुरेश अञ्जान, म्युजिक भिडियो निर्देशक जेरि भण्डारी, लोक तथा दोहोरी शब्द भीष्मराज फुलारा, काठे लोक गीत लय सङ्कलक मौलिक गीत गायिका मञ्जु बिक, लोक तथा दोहोरी गीत लय सङ्कलन मीन प्रकाश वलि, लोक तथा दोहोरी गीत म्युजिक भिडियो मोडल सागर लम्साल ‘बले’, लोक तथा दोहोरी गीत म्युजिक भिडियो मोडल महिला अस्मिता रणपाल, लोक तथा दोहोरी गीत म्युजिक भिडियो नव मोडल रञ्जना भुजेल, आधुनिक गीत संगीतकार रबिन्द्र शाही, आधुनिक गीतकार प्रनिल प्रधान, एरेन्जर सुनिल परियार, रेकर्डिस सरोज खड्का, पप गीत गायक सुर्य मुम्बा तामाङ, मौलिक गीत गायक जुरि अवार्ड हुम गैरे, आधुनिक गीत म्युजिक भिडियो मोडल महिला सञ्चिता शाही, आधुनिक गीत गायक पब्लिक च्वाईस अवार्ड उत्सब सुब्बा लामा, आधुनिक गीतकार जुरि अवार्ड मोहन लिम्बु, आधुनिक गीत म्युजिक भिडियो मोडल पुरुष दिनेश कठायत रहेका छन् ।
दोस्रो क्रियटिभ इन्टरनेशनल म्यूजिक अवार्ड २०२५ लाई सफल बनाउन सहयोग गर्ने धुलिखेल नगरपालिका, कृष्ण श्रेष्ठ, श्रेष्ठ सम्लायर्स, पपुलर ग्रुप लि.गंगबु, सुटमाला बागबजार र चलचित्र विकास बोर्डलाई पनि सम्मान गरिएको थियो भने पपुलर प्रा.लि.टोखाले सम्मानित व्यक्तित्वहरुलाई उपहार स्वरुप आफ्ना उत्पादनहरु प्रदान गरेका थिए ।
कार्यक्रमको बारेमा जानकारी तथा स्वागत मनतव्य दिदैं प्रबन्ध निर्देशक बिजेन्द्र नौबागेले कलाकारीता क्षेत्रमा लागेका अग्रजहरुको सम्मान तथा अनुजहरुलाई हौसला प्रदान गर्ने खालका कार्यक्रम गर्नु एक्टिभ म्यूजिक प्रा.लिको मुख्य उदेश्य रहेकोले सोहि अनरुप योजना बनाएर कार्य अगाडी बढाई रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा ,आरिया शाहीको स्वागत नृत्य, राजेन्द्र गिरी (गुन्द्रुके)को जादु तथा बिभिन्न कलाकारहरुको प्रस्तुति समेत राखिएको थियो ।
कार्यक्रममा बोल्दै चलचित्र कलाकार संघका अध्यक्ष वरिष्ठ निर्देशक तथा कलाकार मोहन निरौलाले धर्म ,संस्कार र संस्कृति रंगमन्चमा मात्र देखिन थालेको भन्दै देशबाट आफ्नो मौलिकता लोप हुन्दै गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।
प्रमुख अतिथि नन्द बहादुर पुन (पासाङ)ले कलाकारहरु यो राज्यका धरोहर भएकाले राज्यलेनै यसको व्यवस्थापन गर्न जोड दिनुपर्ने बताउँदै नेपालको सन्दर्भमा नीतिगत सुधार र कार्यन्वयनमा नमिलेको स्विकार गर्नुहुँदै व्यक्रिगत रुपमा आफुलाई सांगीतिक क्षेत्र अत्यन्तै मन पर्ने
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्