आरती पछि दासको निर्देशनमा ‘प्रतिवैरम’
काठमाडौँ । रोशन दासको निर्देशनमा नयाँ चलचित्र ‘प्रतिवैरम’ को एक कार्यक्रमबिच ओपचारिक घोषणा गरिएको छ । मधेश केन्द्रित कथामा बन्न लागेको चलचित्रको निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै यसको घोषणा गरेका हुन् । पोस्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अघिल्तिर एक व्यक्ति उभिएको देख्न सकिन्छ ।
‘मधेशबारे बन्ने चलचित्रहरुमा मधेशको वास्तविक सौन्दर्य र समस्या खासै नपाईने निर्देशक दासले बताए । उनले भने, ‘हाम्रो फिल्ममा त्यो अभाव नहोस् भन्ने हिसाबले काम गरेका छौं । दासका अनुसार सिनेमा मधेशकेन्द्रित रहेर सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित रहेको छ ।’
फिल्मलाई रेज इन्टरटेनमेन्टले आत्रेय पोडक्सन हाउस, किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेमेन्टसँगको सहकार्यमा निमार्ण गर्न लागेको हो ।
फिल्मको कथा निर्देशक दास स्वयको रहेको छ भने पटकथा युवराज भट्टराईले लेखेका छन् । सिनेमालाई निरज कँडेलले खिच्दै छन् । फिल्मका कलाकारहरु बारेमा भने केही समयमा सार्वजनिक गरिने दासले जनाए । उनको अनुसार, ‘हामीले केही नयाँ र केही पुराना अग्रज कलाकारहरुसँग यो परियोजनामा काम गर्दैछौं ।’ चलचित्र यही वर्षको अन्यतिर प्रदर्शन गरिने निमार्ण पक्षले जनाएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्