मज्जाले नाचौंला बोलको गीतका गायक लाक्पा तेन्जि शेर्पाको नयां गीत क्या राम्रो हांस्यो सार्बजनिक (भिडियो सहित)
काठमाडौ । चर्चित गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाको क्या राम्रो हाँस्यो बोलको गीत भिडियो सहित सार्बजनिक भएको छ । पछिल्ला समय नेपाली गीतसंगीतको क्षेत्रमा फरक फरक विधाका नयाँ नयां गीतहरु एक पछि अर्को गर्दै सार्बजनिक हुने क्रम रहेको छ ।
यसै क्रममा चर्चित गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाको क्या राम्रो हाँस्यो बोलको गीत भिडियो सहित सार्बजनिक गरिएको हो । उत्तम पौडेलको शब्द रचना रहेको उक्त गीतमा संगीत लाक्पा तेन्जि शेर्पाको संगीत रहेको छ भने गीतमा आवाज लाक्पा तेन्जि शेर्पा र चर्चित गायीका सुमिना लोको रहेको छ ।
गीतमा कोरस आवाज राजकुमारी कार्की, रोशनि रसाईली र बिन्दु बिसीको रहेको छ । गीतको भिडियो तर्फ भने कृष्ण ब्लोनको निर्देनमा पाल्देन लामा र अस्मिता तामाङलाई मुख्य अभिनयमा देख्न सकिनेछ । भिडियोमा कोरस नृत्य भने छाम्जी शेर्पा, ङिमी शेर्पा, याङ्जुम शेर्पा, लाक्पा छिरीङ शेर्पा, सुस्म लामा, बविना मगर, मोनिका पाख्रिन र मोनिका तामाङको रहेको छ ।
गीतको भिडियोमा शेर्पा कल्चर तामाङ कल्चरलाई देखाउने जमर्कोका साथ भेषभुषा पनि त्यही अनुसारले प्रयो गरिएको गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाले बताएको छ । उनी लामो समयदेखी गीतसंगीत क्षेत्रमा लागि परेका एक कुशल कलाकार हुन् । उनी आफै सुमधुर आवाजमा गीत गाउने मात्रै नभएर संगीत पनि आफै गर्ने गर्छन् ।
उनले यस अघि थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन् । ले यस अघि थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन् । काङ्लाङ र कुङ्लुङ गाउं जाने बाटो (मज्जाले नाचौंला) नम्बरी सुन बोलको गीत अपार सफल्तापस्चात उनले यो पटक तामाङ र शेर्पा कल्चरमा आधारित गीत क्या राम्रो हाँस्यो भिडियो सहित बजारमा ल्याएका हुन् ।
गीतको भिडियोमा शेर्पा केटा र तामाङ केटी बिचको ठट्यौली शैलीलाई प्रयोग गरेको पाईन्छ । कलाकार समाज परिवर्तनको संवाहक हुन् भने गीतसंगीत समाजको ऐना हुन् गीतसंगीतको माध्यमबाट समाजको कस्तो विषयवस्तुलाई कसरी उठान गर्ने भन्ने विषय गहन बिषय बन्ने गर्दछ ।
तसर्थ यस गीतको भिडियोमा कलाकार हरुले आफ्नो कला प्रस्तुत गरे संगै भेषभुषा र मौलिक बजालाई समेत राम्रै ढंगले प्रस्तुत गरेको देखिन्छ ।
गीतको भिडियो छायांकन, सम्पादन तथा रंग सम्पादनको सम्पुर्ण प्राविधिक कामहरु भने निर्देशक कृष्ण ब्लोन नै गरेका हुन् ।
https://youtu.be/QqKFd2iYPLI
क्याटेगोरी : भिडियो, मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्