रुद्रसेन विश्वकर्मा नेतृत्वमा मधेश प्रदेश लोकदोहोरी प्रतिष्ठानको नयाँ कार्यसमिति
बर्दिवास, महोत्तरी
‘लोक संस्कृति संरक्षण, स्रष्टा सम्मान र नवप्रतिभा प्रोत्साहन’ भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, मधेश प्रदेशको प्रथम अधिवेशन बुधबार बर्दिवासमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले गरे । उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख क्षेत्रीले देशको मौलिक सांस्कृतिक पहिचान जोगाउन लोकसङ्गीतले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
उनले बर्दिवास नगरपालिका सबै भाषा, संस्कृति र कलाप्रतिको सम्मानका साथ अघि बढिरहेको उल्लेख गर्दै नगरको स्रोत र साधन अनुसार कला र संस्कृतिको प्रवर्द्धनका लागि बजेट समेत विनियोजन भइरहेको जानकारी दिए ।
अधिवेशनको बन्द सत्रले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । नवगठित कार्यसमितिमा रुद्रसेन विश्वकर्मा अध्यक्ष, ईन्द्र सिलवाल उपाध्यक्ष, हेमकुमारी बराल (सुनिता) महिला उपाध्यक्ष, बिनोद ढुंगेल सचिव, राधा गौतम कोषाध्यक्ष, विकास पाण्डे सहसचिव र रमा शर्मा ढकाल, आशा तालाङ्गे लगायत सदस्यमा चयन भएका छन् ।
प्रतिष्ठानका नव नियुक्त सचिव बिनोद ढुंगेलले कार्यसमितिको संरचना र अधिवेशनको उपलब्धिबारे जानकारी दिएका हुन् ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्