Techie IT
आईतबार, चैत्र ९,२०८१

दयाहाङ र बिपिन एउटै फिल्ममा


दयाहाङ राइ र र बिपिन कार्कीलाई अब एउटै फिल्ममा देख्न पाइने भएको छ । निर्देशक सुब्रतराज आचार्यले दुवै जनालाई लिएर ‘के घर के डेरा’ बनाउन लागेका हुन् । दयाहाङ र बिपिनले यस अघि ‘लुट’, ‘लुट २’ र ‘जात्रै जात्रा’ मा संगै काम गरेका थिए ।

रबिन्द्र झाको पनि अभिनय रहने फिल्मलाई सिंगे लामाले निर्माण गर्न लागेका हुन् । दिर्घ गुरुङले छायांकन गर्ने फिल्मको छायांकन चैत्रबाट शुरु हुनेछ । फिल्मको बारेमा बिस्तृत जानकारी केहि दिनमै दिईने बताइएको छ । निर्देशक आचार्यले यस अघि ‘अधकट्टी’ र ‘सुश्री सम्पति’ निर्देशन गरेका थिए ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दयाहाङ र बिपिन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545