प्रभात भट्टको ‘खै के के भो’
धेरै भो !
तिम्रो राष्ट्रवाद गनायो ।
टाउकाको खेलमा खुट्टालाई गोल हनायो,
साथमा राख्नै नहुनेलाइ बुइ चढायो,
बुइ चढाउनु पर्नेलाइ उठ्बस गरायो,
थोत्रे नेता दादा भो, जनता सबै कता गो ?
खै के के भो,
त्यस्को भुँडी बा’नले हनायो,
दिनरात घिच्यो, आफ्नै ज्यान बनायो।
लौ ए न पुग्यो
तिम्रो राष्ट्रवाद गनायो ॥
भए नभएको कानुन लेखायो,
पीडित उता रुँदै छ, दोषीलाई यता निर्दोष देखायो,
तिम्रो पो साँठगाँठ ठुलो छ
गरिब जनताले के खायो, के लायो? अनि तिमिलाई “ज्यु..” गरेर के पायो?
बरु उल्टै ग्यास्ट्रिक भो,
२ कक्षा पास मेट्रिक भो,
हुने नहुने सबै भो,
साधारण मन्त्री प्रधान भो।
ज्यान चिलाउदा छिमेकिलाइ कन्यायो,
“मेरो भाग नि लाउ” भन्दै उल्टै उस्लाई मनायो।
लौ न अत्ति भो
राजनितिले पादेछ,
तिम्रो राष्ट्रवाद गनायो ॥
५/५ वर्षमा चुनाव गरायो,
एकातिर ठगबन्धन- अर्कोतिर मनमुटाव गरायो,
मतपत्रको दशैँमा दक्षिणाको जित भो,
रुखको ओझेल-चर्को घाममा,
हँसिया हथौडा उत्तेजित भो ।
‘रविको घण्टि’ बज्दै गर्दा ‘सागरको सुई’ गित भो,
प्रकाशेको मान बढ्दा रबिन्द्र चाईँ पिडित भो,
खै के के भो
फेरी गुण्डालाई सांसद बनायो।
पुग्यो अब सहन सकिन्न,
तिम्रो राष्ट्रबाद दङदङ गनायो ।।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #प्रभात भट्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्