Techie IT
सोमबार, चैत्र १०,२०८१

नयाँ टेलिचलचित्र ‘जालझेल’ लिएर आए ‘अमृत सागर’


काठमाडौं – देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिने उदेश्यको साथ फरक खालको टेलिचलचित्र जालझेल प्रशारणमा आएको छ । द राईज सागर संगितको प्रस्तुतीमा हरेक बिहीवार राती ९ बजे टि भी टुडे टेलिभिजन मार्फत प्रसारण हुनेछ । कार्यक्रमले मनोरञ्जनको साथै समसामयिक विषयबस्तु,समाजमा घट्ने गरेका विकृतिजन्य कृयाकलापको चिरफारलाई मुख्य उद्देश्य राखेर प्रशारण आएको निर्माता अमृत सागरले रिसेन्ट नेपाललाई बताए ।

युवापुस्ताको कथा, व्यथा र उतारचढाव समेटिएको शहरी परिवेशमा केन्द्रित छ । युवापुस्तामा हुने विभिन्न समस्या तथा घटनाहरुलाई हाँस्यरसमा प्रस्तुत गर्नु नै सिरियलको उद्देश्य रहेको छ । यस सिरियलको मूख्य कलाकारहरुमा गोपाल ढकाल ‘छन्दे’,अमृत सागर,पूजा थापा, हर्कमान वाईबा, रविन भूसाल लगायतका कालाकार हरु रहेका छन् ।

कथा लेखन तथा गीत भानुभक्त ढकालको रहेको छ । छायांकन र सम्पादन अमृत सागरको नै रहेको छ । निर्देशन गोपाल ढकालको रहेको छ ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जालझेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
6:01 am6:18 pm +0545