युकेमा एनआरएनएको कार्यक्रम सम्पन्न
युकेमा भव्यताका साथ एनआरएनएको कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, प्रमुख संरक्षक शेर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, आइसीसी सल्लाहकार विश्वआदर्श पन्डित, आइसीसी सदस्य ललितकुमार न्यौपाने, काउन्सिलर जीव बेल्वासेले शुभकामना मन्तव्य दिएका थिए ।
भर्चुअल माध्यमबाट स्वागत मन्तव्य दिंदै एनआरएनए इंग्ल्यान्ड परिषदका अध्यक्ष एलबिजेड गुरुङले मौलिक नेपाली संस्कृतिको प्रवर्द्धन र संरक्षणको लक्ष्य राखेर कार्यक्रम गरिएको बताएका थिए । कार्यक्रमले बेलायतमा हुर्किंदै गरेको नयाँ पुस्तालाई समेत नेपाल र नेपालीपनसँग जोड्न सहयोग पुर्याएको विश्वास उनको थियो ।
कार्यक्रममा नेपाली परम्परा र संस्कृति झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरु गरिएको थियो । गायक गायिकाहरु मनसुदन थापा, कल्पना श्रीपाल र सुमन गौतमले विशेष प्रस्तुति गरेका थिए । अन्य स्थानीय कलाकारले आकर्षक नाचहरु देखाएका थिए । साथै, मौलिक देउसी भैलो खेलेर मनोरञ्जन पनि गरिएको थियो ।
पहिलो सत्रमा औपचारिक कार्यक्रम सञ्चालन परिषदका सचिव राम पन्थी र सहसचिव अञ्जु कुँवरले सञ्चालन गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम सहसचिव अञ्जु कुँवर र सुस्मिता थापाले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका उपाध्यक्ष भक्त दर्जीले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, मनोरञ्जन/साहित्य
ट्याग : #एनआरएनए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्