गजल:बिनिता केसी
बिनिता केसी
बेलैमा सोचौं है फल त कर्मअनुसार छ
नराम्रो माथि नराम्रो फैलाउने एउटा बजार छl
यस कारणले नि मलाई चोर डाँका बन्न मन भो
सुख शयलखान र बाँच्नका लागि कारागार छl
हिजो शान्तिको देश भनि कार्डले प्रचार गर्थ्यो
द्वन्दको सङ्केत पछि घरमै हतियारको व्यापार छl
सामाजिक शिक्षाले समाज बुझ्न बुझाउन नसक्ने भो
फाइदामा बलत्कार भष्ट्राचार र बिदेशी संस्कार छl
आज मैले पुर्वप्रेमी बनाएर नि बहुत दुःख पाए
मेरो उपचार घाटमा छ उन्को भट्टीमा उपचार छl
शरिर जलाउने मुटुमा खाडल खन्ने नि आफन्ती
म कसरी पत्याऊ त उनीहरु सङ्ग नि प्यार छ l
खाँडादेबी६ (रामेछाप)
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #बिनिता केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्