गन्तव्य नेपालको तेस्रो गीति एल्वम ‘पर्यटनमै भविष्य’ बजारमा (भिडियोसहित)
काठमाडौं । गन्तव्य नेपाल ग्रुपले तेस्रोे गीति एल्बम बजारमा ल्याएको छ । संगीतको माध्यमबाट मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सदाबाहर गीति एल्बम ‘पर्यटनमै भविष्य’ बजारमा ल्याएको हो ।
जसमा नेपालको कला, संस्कृति, भेषभुषासहित अन्य पर्यटकीय सम्भावनाहरुको चर्चा गरिएको छ । सो गीतको माध्यमबाट पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ । साथै पर्यटन सम्बन्धि गाँउ–गाँउसम्म सचेतना जागृत गर्नका लागि पनि गीतले मद्दत गर्ने अपेक्षा लिइएको छ ।
गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी (अविरल)को शब्द रहेको गन्तव्य नेपाल नामक उक्त गीतमा रानु निरौला र राजनराज शिवाकोटीले स्वर दिएका छन् भने राजनराज शिवाकोटीले नै संगीत भरेका छन् ।
ग्रुपले यसअघि सन् २०११ मा पर्यटन वर्ष सफल बनाउन पनि ‘सफल पारौं पर्यटन वर्ष’ नामक बोलको गीत बजारमा ल्याएको छ । त्यसपछि ‘गन्तव्य नेपाल’ नामक दोस्रो गीति एल्बम बजारमा ल्याएको थियो । उक्त दुवै गीत पर्यटन बजारमा निकै रुचाईएको थियो । त्यसकारण तेस्रो गीत पनि निकै चर्चित बन्ने अपेक्षा लिएको ग्रुपले जनाएको छ ।
https://www.youtube.com/watch?v=NXMdWDSKPQ4&feature=share
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्