कोरोनाका कारण तीज मनाउन नपाइने
काठमाडौं । कोरोना भाइरसको महामारी हुदैनथ्यो भने यतिवेला नेपाली दिदी वहिनीलाई तीजको दर खान भ्याईनभ्याई हुन्थ्यो । तर गत चैतदेखि देखिएको कोरोनाको कारणले यसपटकको तीज खल्लो हुने भएको छ । महामारी सर्ने भएपछि यसपाली काठमाडौं उपत्यकाभित्र तीज मनाउन नपाइने भएको छ ।
केही दिनयता उपत्यकामा संक्रमण बढदै गएपछि तीन जिल्ला प्रशासनले भीढभाड हुने खालका कार्यक्रम नगर्ने भएपछि तीज मनाउन नपाइने भएको हो । संक्रमणको जोखिम बढ्दै गएका कारण भदौ १५ सम्मका लागि उपत्यकाका तीनै जिल्लामा भीडभाड हुने खालका गतिविधिमा रोक लगाइएको छ।
तीनै जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरी कोभिड–१९ को संक्रमण जोखिमयुक्त देखिएका गतिविधिमा निषेध गरेको छ । जारी आदेशमा भेला हुन, जम्मा हुन, भीडभाड गर्न नपाइने भनिएको छ ।
त्यसैगरी चाडपर्व लगायतका धार्मिक साँस्कृतिक कार्यमा जमघट गर्न नपाइने भनी सूचित गरिएको छ । दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरूमा रोक लगाइएको छ ।
तीज यहि भदौ ५ गते पर्दछ । तीज अगाडि बुवाको मुख हेर्ने दिन भदौ ३ गते, रहेको छ । तीज पछाडि पनि नेपाली चाडपर्व लगतै रहेका छन् ।
भदौ १५ सम्म यस्ता गतिविधिमा गर्न नपाउने भएपछि भदौं ४ गतेदेखि ७ गतेसम्म परेको तीज पर्वमा रमझम नहुने भएको हो ।
तीजका अवसरमा आयोजना गरिने दर पार्टी, मन्दिरमा गएर पूजाआजा गर्ने, जमघट गरेर नाचगान गर्ने जस्ता सबै गतिविधि गर्न नपाइने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो ।
यस्ता गतिविधि गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ मा भएको व्यवस्था अनुसार कारबाही हुने प्रजिअ पाण्डेले जानकारी दिनु भयो । पाण्डेका अनुसार अटेर गरेमा एक महिनासम्म कैद हुनेछ। घरमै बसेर सधैँ सँगै रहने परिवारका बीचमा बसेर भने तीज मनाउन पाइने उहाँले बताउनु भयो।
क्याटेगोरी : ब्रेकिंग न्युज, मनोरञ्जन/साहित्य, देश परदेश
ट्याग : #तीज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्