आज एकै पटक ७२ जनामा सङ्क्रमणः सङक्रमित पुगे ६७५
आज एकै पटक ७२ जना कोरोना सङ्क्रमित थपिएका छन् । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायत जिल्लामा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशाला, प्रादेशिक अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ७२ जनामा सङ्क्रमण देखिएको हो ।
उहाँका अनुसार धनुषा नगराइकन नगरपालिका वडा नं ३ का ३०, ३१ र ४५ वर्षीय पुरुष, कपिलवस्तु शिवराज नगरपालिका वडा नं ४, ५ र ६ क १९, २० र २३ वर्षीय पुरुष रहेका छन् । यसैगरी काठमाडाँै टोखा नगरपालिका वडा नं ३ र ६ तथा र बूढानीलकण्ठ नगरपालिका वडा नंं ३ का २७, ४१ र ३७ वर्षीय पुरुष रहेका छन् । यसैगरी बारा कलैया नगरपालिका वडा नं १ का २५ र ३२ वर्षीय पुरुष तथा बारा गढीमाई गाउँपालिकाका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४० र ५० वर्षका पुरुष रहेका छन् ।
उहाँका अनुसार सङ्क्रमितमा रौतहट राजपुर फरहदवा वडा नं. २, ६ र ८ तथा इशानाथ वडा नं २ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५,३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ पुरुष रहेका छन् ।
सप्तरी डाक्नेधरी गाउँपालिकाका २२ र ३४ वर्षीय पुरुष, बर्दिया बाँसगढी वडा नं ९ का २५ वर्षीय पुरुष, बाँके डुडुवा गाउँपालिका– २ र राप्तीसोनारी गाउँपालिका– ७ का १६, २३, २३ र २४ वर्षका पुरुष रहेका छन् ।
दैलेख नारायण नगरपालिका ढुङ्गेधरका २५ वर्षीया महिला र गुराँस गाउँपालिकाका २४ र २५ वर्षीय पुरुष रहेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना सङ्क्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्