सात बर्षिय बालक सहित तीन जनामा संक्रमण, संक्रमित संख्या २४९
काठमाडौँ, १ जेठ : कोरोना भाइरस (कोभिड १९)को संक्रमण आज तीन जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा नयाँ तीन जनामा संक्रमण देखिएको बताउनुभयो ।
संक्रमितहरुमा काठमाडौ दहचोक निवासी ७ बर्षिया बालक, धनुषा जनकपुर उपमहानगरपालिका निवासी १७ बर्षिय महिला र धादिग निवासी ३० बर्षिय महिला रहेका छन् ।
योसंगै संक्रमितको संख्या २४९ पुगेको छ । यसअघि आज विहान दुई जनामा संक्रमण देखिएको थियो । आज मात्र पाँच जना नयाँ संक्रमित भेटिएका हुन ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार दुवै संक्रमित व्यक्तिको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहनु भएको छ । यससँगै काठमाडौंमा समेत कोरोमा संक्रमणको त्रास बढीरहेको पृष्टभूमिमा गृह मन्त्रालयले शुक्रबारदेखि बन्दाबन्दीलाई थप कडाई गर्ने जनाएको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोभिड १९, #नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्