सरकारले भारतीय राजदूतलाई बोलाएर दियो ‘कुटनीतिक नोट
काठमाडाैँ २९ वैशाख। सरकारले लिपुलेकमा भारतले नेपाली भुमी मिचेर सडक बनाएकाेबारे भारतीय राजदूत छलफल गरेकाे छ ।
साेमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई सिंहदरवारस्थित मन्त्रालयमा बाेलाएर परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी लिएको हाे । राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीलाई मन्त्रालयमा भेटेका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाली भूभाग भित्र रहेको लिपुलेकमा बिना सूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा राजदूत क्वात्रालाई ‘कुटनीतिक नोट’ समेत दिइएको छ ।
भारतले गत शुक्रबार मानसरोबर जोड्न नेपाली भूमि लिपुलेक हुँदै खनेको सडकको उद्घाटन गरेको थियो। भारतको उक्त कदमको नेपालमा तीव्र विरोध भइरहेको छ।
परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमको विरोध गर्दै सीमा समस्याको हल गर्न वार्ता गर्नु पर्ने बताएको छ। तर भारतले भने त्यस्तो वार्ता कोरोनाभाइरसको महामारी सकिएपछि मात्र गर्ने उत्तर दिएको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेपाली भूभाग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्