थप १० मा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित पुगे १२०
नेपालमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमा कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि गाउँपालिकाको वडा ७ र १० निवासी रहेका छन् । सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरू १८ देखि ३४ वर्षसम्मका रहेका छन् ।
एक जनाको उमेर नखुलेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ ।
हालसम्म सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना सङ्क्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्