के होला वालुवाटार बैठकमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेबाट सुरु भएको छ ।
अध्यादेश प्रकरणले पार्टीमा गम्भीर परिस्थिति उत्पन्न भएको अवस्थामा बसेको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।
बैठकमा एक व्यक्ति एक पदको अवधारण लागु गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक छाड्न भनिने रहेको स्रोतले बताएको छ ।
अघिल्लो सोेमबार सरकारले पार्टी विभाजन र संवैधानिक परिषदसम्बन्धी संशोधन अध्यादेश ल्याएपछि तरङ्गित बनेको नेकपा सोही कारण झण्डै फुटको संघारमा पुगेका बेला छलफल गर्न बोलाइएको सचिवालय बैठकलाई नेकपाका नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् ।
अध्यादेशपछि १० दिन नेताहरुको दौडधुप, कोठे बैठक र विभिन्न कसरतपछि सचिवालय बैठक बोलाइएको हो ।
हिजो प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच सहमति भएपछि आज बैठक वोलाइएको छ । बैठकले पार्टीको स्थायी कमिटी बैठक वोलाउने वा संसदीय दलको बैठक वोलाउने सम्भावना रहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्