कोभिड– १९ः हालसम्म ४७ हजारको परीक्षण
कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र ¥यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३८ हजार ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाटमा पछिल्लो २४ घण्टामा तीन हजार ७९१ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिइयो । क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या हालसम्म १२ हजार ९८५ छ भने आइसोलेसनमा रहने सम्भावित सङ्क्रमितको सङ्ख्या ८९ जना रहेको छ ।
काठमाडौँ उपत्यकामा तीन र उपत्यका बाहीर ८६ जना रहेका जानकारी गराइएको छ । त्यसैगरी हाल कोभिड १९ को रेड जोनमा पर्नेको सङ्ख्या २८७ पुगेको छ । मन्त्रालयमा सञ्चालनमा रहेका कलसेन्टरमा गत २४ घण्टामा एक हजार ७०८ रहेका र ती सबै कलको सम्बोधन स्वास्थ्यकर्मीबाट भइसकेको पनि मन्त्रालयले जानकारी गारएको छ । कोरोना भाइरसबारे जानकारी लिनका लागि स्वमूल्याङ्कन फारम भर्नेको सङ्ख्या २४ हजार ९२६ रहेको छ । मन्त्रालयले यस भाइरसको रोकथाम, नियन्त्रण र सहजीकरणका लागि विभिन्न स्थानीय निकायमा खटिनका लागि समूह गठन गर्ने तयारी गरेको छ ।
जनस्वास्थ्य अधिकृत, प्रयोशालाका कर्मचारी, नर्स गरी तीनको समूह बनाइने जुन हरेक गाउँपालिकामा एक समूह, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन, महानगरपालिकामा पाँचसमूह परिचालन गर्ने तयारी रहेको जनाएको छ । आज नयाँ सङ्क्रमित नभएकाले नेपालमा हालसम्म कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४८ नै रहेको छ । दश जना उपचारपछि घर फर्किसक्नुभएको छ ।
३८ को उपचार भइरहेको छ भने उपचारमा रहेका सबैको स्थिति सामान्य रहेको छ । यसैबीच मन्त्रालयले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा ज्येष्ठ नागरिकको स्वास्थ्य र स्याहारमा विशेष ध्यान पु¥याउन आग्रह गरेको छ । पछिल्लो समय औषधिको मूल्य बढेको कुरा बाहिर आएको भन्दै प्रवक्ता देवकोटाले मूल्य बढाउनुपर्ने कुनै कारण नभएको भन्दै सबै सम्बन्ध भएका निकायलाई कुनै पनि औषधिको मूल्य नबढाउन आग्रह गर्दै बढाएको पाइए कारवाही गर्ने चेतावनीसमेत दिनुभयो ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले यस वर्षको रमजानमा घरमा नै बसेर नमाज पढ्न अनुरोध गर्नुभयो । शनिबारदेखि यस वर्षको रमजान शुरु हँुदैछ । यस भाइरसको नियन्त्रणका लागि आयोगले हरेक जिल्लामा अनुगमन समिति बनाएर मस्जिदको अनुगमन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोभिड– १९ः
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्