कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिस्थितिले नेपालमा पनि भोकमरीको अवस्था आउन सक्ने खतरा
काठमाडौं, २८ चैत । कृषि तथा पुशपंक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिस्थितिले नेपालमा पनि भोकमरीको अवस्था आउन सक्ने खतरा औल्याएका छन् ।
स्थानीय सरकारहरुलाई पत्र लेखी उनले कतिपय मुलुकले कृषि उत्पादनको निकासीमा बन्देज लगाउन थालिसकेको र अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्न कठिन हुने बताएका छन् ।
‘आगामी दिन झन् कठिन देखिन थालेका छन् । अन्तर्राष्ट्रिय लगानीमा हुने सङ्कुचनले वैदेशिक रोजगारीका हाम्रा अवसर खुम्चिँदै जानेछन् । अर्थात्, एकातिर वैदेशिक रोजगारीबाट फर्कनेहरूको सङ्ख्या बढ्नेछ भने अर्कोतिर हरेक वर्ष वयस्क हुने जनसङ्ख्यालाई रोजगारी अभाव हुँदै जानेछ’ उनले भनेका छन् ‘यसरी बेरोजगारी र गरिबी एकसाथ बढ्दै जानेछ । एकातिर अहिलेको प्रतिकूल परिस्थितिले खाद्यान्न उत्पादन घट्नेछ, फलतः आयात बढाउनुपर्नेछ तर, अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्नु हाम्रा लागि थप कठिन हुँदै जानेछ ।’
अहिले देखा परेका सामाजिक–आर्थिक चुनौतीको सामना गर्न कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले त्यसका लागि नयाँ संकल्प र योजना आवश्यक परेको बताए । आफैं केही समय अगाडि सार्वजनिक गरेको नेपालको कृषि क्षेत्र सुधारका पाँच नीतिबाटै कोरोना महामारी पछि निम्तन सक्ने सम्भावित संकट थेग्ने पनि उनले उल्लेख गरेका छन् ।
कृषिको संरक्षण र विकास नागरिकको खाद्यसुरक्षाको प्रत्याभूतिका हिसाबले सर्वोपरी महत्वको विषय हो । हाम्रो संविधान तथा कानूनी व्यवस्थाले पनि हरेक नागरिकलाई ‘पर्याप्त, पोषणयुक्त तथा गुणस्तरीय खाद्यमा नियमित पहुँच’ को अधिकार प्रत्याभूत गरेको छ । यसको प्रभावकारी कार्यान्वयन राष्ट्रको जीवनमा, संविधानले निर्दिष्ट गरेको समाजवादको अभ्यासमा एउटा कोशेढुङ्गा हुने मन्त्रि भुसालले लेखेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #घनश्याम भुसाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्