नाममै सीमित अधिकारसम्पन्न वाग्मती
काठमाडौं । नाममै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति राखिएको सरकारी निकायलाई अधिकार भने केही नदिइएको कार्यकारी अध्यक्ष र आयोजना प्रमुखको गुनासो छ ।
समिति स्थापना भएको २५ वर्ष पूरा भई २६ वर्ष प्रवेश गर्न लागे पनि गठन आदेशकै भरमा काम चलाउनुपर्दा जिम्मेवारी पूरा गर्न नसकिएको समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले स्वीर्नुभयो । समितिले आयोजना गरेको समीक्षा गोष्ठीका अवसरमा उहाँले शहरी विकासमन्त्री र सचिवलाई पटकपटक भन्दा पनि समितिको विधेयकको तयार हुन नसकेको गुनासो गर्नुभयो ।
“कार्यालयको नाम अधिकारसम्पन्न वाग्मती छ, तर अधिकार भने नदीमा फोहर फाल्नेलाई कुनै कानूनी कारवाहीको दायरामा ल्याउने अधिकारसमेत दिइएको छैन, समितिको ऐन नबन्दा कर्मचारीको वृत्तिविकासको कामसमेत हुनसकेको छैन”, उहाँले भन्नुभयो । आयोजना प्रमुख लीलाप्रसाद ढकालले समितिसँग अधिकार नभएकैले सुकुम्वासीका नाममा नदीको किनार अतिक्रमण गरी बसेकालाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेके बताउनुभयो ।
“नदी किनारमा सुकुम्वासी थुपारेर वाग्मती कहिल्यै सफा हुँदैन, वास्तविक सुकुम्वासीको समस्या समाधान गर्न अध्ययन भइरहेको छ, सुकुम्वासीका नाममा नदी किनारमा टहरा बनाई भाडामा लगाउनेकोे सङ्ख्या धेरै छ, यसको वास्तविकता पत्ता लगाउन मोबाइल एप्स बनाएर ट्रयाकिङ गरिँदैछ”, उहाँले भन्नुभयो ।
इचङ्गुनारायणमा निर्माण भएको आवासमा समेत सुकुम्वासी नगएर नदी किनार कब्जामै लिइरहँदा वाग्मती सौन्यर्यकरण, करिडोर निर्माणलगायत पूर्वाधार विकासका काममा अवरोध भइरहेको समितिले जनाएको छ । समितिले केही दिनमै नदी किनारका सुकुम्वासी समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #अधिकारसम्पन्न वाग्मती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्