बर्दिबासमा सुनिता र सबिनाको लगानीमा जुम्बा–योगा तथा डान्स कक्षा सुरु
जीवनराज दाहाल : बर्दिबास, बैशाख १८ ।
महोत्तरीको बर्दिबासस्थित चौधरी मार्केटको तेस्रो तल्लामा स्थानीय युवती (पत्रकार) सुनिता बराल र (समाजसेवी) सबिना लामगादेले आफ्नै लगानीमा जुम्बा, योगा तथा डान्स कक्षा सञ्चालनमा ल्याएका छन् । स्वास्थ्य, फिटनेस र सिर्जनात्मक कलालाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको उक्त केन्द्रको उद्घाटन डान्स गुरु गोपाल कर्माचार्यले रिबन काटेर गरेका थिए ।

यसैगरी, सोही अवसरमा सञ्चालन गरिएको पोडकास्ट स्टुडियोको उद्घाटन मधेश प्रदेशकी सांसद तथा पूर्वमन्त्री शारदा देवी थापाले गरेकी थिइन् । उद्घाटन समारोहमा डान्स गुरु कर्माचार्यलाई सञ्चालक सुनिता बरालले खादा ओढाएर सम्मान दिएकी थिइन् भने अर्की सञ्चालक सबिना लामगादेले मायाको चिनो प्रदान गरेकी थिइन् । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम, बर्दिबास उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु खड्का तथा पूर्वमन्त्री थापाले व्यवसाय सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमका क्रममा अतिथिलाई सम्बोधन गर्ने क्रममा सुनिता बराल आफ्नी सासु आमाको योगदान स्मरण गर्दै भावुक बनेकी थिइन् । केही समय बोल्न नसक्ने अवस्थामा पुग्दा कार्यक्रममा सहभागीहरू स्तब्ध बनेका थिए र हलमा केहीबेर सन्नाटा छाएको थियो ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता राजु खड्का, महिला नेतृ सीता दाहाल, पूर्व वडा अध्यक्ष तथा युवा नेता चुडामणि पोखरेल, समाजसेवी विष्णु बम्जन, व्यवसायी उत्तम श्रेष्ठ, जनप्रतिनिधि माला सेन्चुरी, वरिष्ठ पत्रकार गोपाल बराल, पत्रकार विशाल बस्नेत, Lions Club of Bardibas का अध्यक्ष उमेश महत्तो, युवा टोल सुधार समितिका अध्यक्ष फडिन्द्रराज भट्टराई, शिक्षकहरू ईश्वर पोखरेल, श्याम पौडेललगायत सुरेश चौधरी, रमेश कार्की तथा अन्य सञ्चारकर्मी, समाजसेवी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बर्दिबास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्