Techie IT
बुधबार, कात्तिक २६,२०८३

डाक्टरेट गर्न सफल रोम्वसकी पूर्व विद्यार्थी सम्मानित


प्रदिप ढकाल ,भक्तपुर
मंसिर ०९, आइतबार ।

रोम्वस स्कुल कमलविनायक भक्तपुरबाट एसइई दिने दोश्रो व्याचका एक विद्यार्थी फार्मेसी डाक्टर हुन सफल भएका छन् । स्कुलकी पूर्व विधार्थी कोजू डाक्टर हुन सफल भएकी हुन्। आइतबार स्कुलको प्रांगणमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा स्कुलका प्रिन्सिपल डा राजेन्द्र कोजू लगायतले उनलाई सम्मान गरेका थिए । डा.मेरिट कोजू २०७२ सालको एसइइ व्याच रहेको जनाइएको छ । उनले राजीव गान्धी युनिभसिटी अन्तर्गतको वैंगलोरस्थित कर्णताका कल अफ हे्थ साइन्सबाट डाक्टरेट गर्न सफल भएको कार्यक्रममा बताइएको थियो।

विद्यालयका प्रिन्सिपल डा राजेन्द्र कोजुले मेरिटको सफलता रोम्वसको पनि सफलता रहेको र डा मेरिट कोजु सबै विद्यार्थीहरुको लागि  उदाहरण र रोल मोडेल भएको चर्चा गरे ।सम्मानित भएकी डा मेरिटले आफू यसरी सम्मानित हुन पाएकोमा निकै खुसी भएको र आफ्ना शिक्षकहरुका साथ संगै बसेर खुसी साट्ने अबसर पाएकोमा  खुसी व्यक्त गरिन्। उक्त सम्मान कार्यक्रममा विद्यालयका निर्देशक सरिता कोजू , सहायक प्रिन्सिपल युनिक कोजू , मा वि इन्चार्ज जनक कार्की लगाएत थुप्रै विद्यार्थीहरुको पनि उपस्थिती रहेको थियो।


क्याटेगोरी : ब्रेकिंग न्युज


तपाईको कमेन्ट लेख्नुहोस्