स्ववीयूले खन्यायो रजिस्टारको अफिस अगाडी भत्काएको संरचना
प्रदिप ढकाल ,भक्तपुर
मंसिर ०९, आइतबार ।
भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएको विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिबाट रजिस्टार र क्याम्पस प्रमुख माथि कुनै कारबाही नगरेको भन्दै भक्तपुर क्याम्पस स्ववीयूले रजिस्टारको अफिस अगाडी भत्काएको संरचना खन्याएर विरोध गरेको छ ।
भक्तपुर नगरपालिकाले बल पूर्वक असोज ७ गते भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएर बाटो बनाउन लागेपछि विद्यार्थी आन्दोलित भएका हुन् । आन्दोलनको क्रममा विद्यार्थीले क्याम्पसमा प्रमुखलाई प्रवेश निषेध देखि विभिन्न धर्ना एवं अन्य आन्दोलन गर्दै आएका न्। ामीले अध्ययन गर्ने संस्थाको पर्खाल भत्काइएको छ र यो समयमा पनि विश्व विद्यालय आफ्नो भएको जमिन जोगाउनकोलागी लागी नपरेको र यो कदम निन्दनीय भएका कारण आफूहरू आन्दोलनमा नै रहेको क्याम्पसका स्ववीयू सभापति पुकार पराजुलीले बताए। जसको विरुद्धमा हामीले आज नगरपालिकाले भत्काएको संरचना रजिस्टारको कार्यालयको गेटमा खन्याएका हौँ उनले थपे। पराजुलीको नेतृत्वमा करिब ३ दर्जन विद्यार्थी रजिष्टार कार्यालयको गेटमा भत्काएको संरचना खन्याउन पुगेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्