ग्रेजुएट नेपाली विद्यार्थीलाई बिज एजुकेशनद्धारा सम्मान
प्रदिप ढकाल ,काठमाण्डु
मंसिर ०६ , विहीबार ।
भविष्यको राम्रो सपना बुनेर विदेश पढ्न जाने विद्यार्थीको लर्को लागिरहेकै बेला युनिर्भसिटि अफ सेन्ट्रल लंकाशायरबाट ग्रेजुएट भएर नेपाल फर्किएका र नेपालमै भविष्य सिंगार्न खोजेका विद्यार्थीलाई सम्मान गरिएको छ । विदेशमा सिकेको सिप नेपालमै लगाएर असल व्यवसायी बन्न चाहने विद्यार्थीलाई बिज एजुकेशनद्धारा सम्मान गरिएको हो । ग्रेजुएट विधार्थीलाई सम्मान गर्नुहुदै बिज एजुकेशनका निर्देशक हरि कार्कीले विदेशमा सिकेको सिप र मेहनत अब स्वदेशमा फर्केर आफ्नो दक्षता तथा क्षमतासंगसंगै व्यवसायीक बन्न आफ्नो सस्थाले विद्यार्थीहरुलाई सिकाइरहेको बताउँनु भयो । बिज एजुकेशनले सामाजिक कार्यमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै बेलायतको अर्थतन्त्रका फाइदाहरूलाई विद्यार्थीहरूले नेपालमा समेत लागु गर्नु पर्ने धारणा राख्नु भयो । संस्कृति, शिक्षा, रोजगारीका अवसरहरूका लागि नेपाली विद्यार्थीहरूको लागि बेलायत गन्तव्य भएको उहाँको भनाइ छ । सम्मान कार्यक्रममा नेपाली विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न गन्तव्य छनोट गर्दा विचार गर्नुपर्ने मुख्य विषयका बारेमा रेखा नेगी लामाले प्रकाश पार्नु भयो । विद्यार्थीहरूलाई सम्मान गदै अन्तर्राष्ट्रिय निर्देशक उला ताङ प्लोमामले किन नेपालका धेरैजसो विद्यार्थीको अध्ययन क्षेत्रको रूपमा व्यवसाय व्यवस्थापन पाठ्यक्रम छनौट गर्ने भन्ने विषयमा झुकाव दिनु भयो । करियरको लचिलोपन, सीपका लागि विश्वव्यापी माग बढेको उहाँको भनाइ छ । नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय छात्रवृत्ति र उच्च उपलब्धि हासिल गर्न छात्रवृत्तिको सन्दर्भमा समेत बिज एजुकेशनले सहजीकरण गरिरहेको उला ताङको भनाइ छ । कार्यक्रममा सहभागिले स्नातक पछि नेपाली विद्यार्थीहरूको लागि करियर विकल्पहरू के छन्, विशेष गरी व्यवसाय, स्वास्थ्, आईटी, कम्प्युटर विज्ञान र इन्जिनियरिङ जस्ता क्षेत्रमा विश्वविद्यालयहरूले कसरी विद्यार्थीहरूलाई रोजगारी बजारको लागि तयार गर्न मद्दत गर्छन् भन्ने विषयमा सवाल उठाएका थिए । जवाफमा आयोजकले विदेशमा विद्यार्थी पठाउनेमात्र नभैइ विदेशबाट नेपाल फर्किएपछि आफ्नो सिप, क्षमता, दक्षतालाई व्यवसायमा रुपान्त्रण गर्न र समाजमा उत्तरदायि बहन गर्न समेतमदत पुर्याएको बताए । बिज एजुकेशनले विभिन्न सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको जानकारी दिएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्