खेल क्षेत्रको थप विस्तार हुने : संयोजक के. सी.
प्रदिप ढकाल ,भक्तपुर
असोज ५ , शनिबार
चाँगुनारायण नगरपालिकाले नगरभित्रका खेलाडी, प्रशिक्षकहरुलाई सम्मान तथा खेल सामाग्री हस्तान्तरण गरेको छ ।चाँगुनारायण नगर खेलकूद बिकाश समितिको आयोजनमा शनिबार भएको एक कार्यक्रमका बिच विभिन्न खेल प्रतियोगितामा भाग लिई पदक ल्याउन सफल खेलाडी, निशुल्क खेल प्रशिक्षण सञ्चालन गर्ने प्रशिक्षक, खेलकूद कार्यक्रम सञ्चालन गर्ने विभिन्न विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जीवन खत्रीले खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गर्नुभयो । निशुल्क खेलकूद कार्यक्रम सञ्चालन गरेको८८ औं हप्ताको अवसरमा खेलकूद प्रोत्साहन कार्यक्रम अन्तर्गत शनिबार नगर प्रमुख खत्रीले ‘नि:शुल्क खेलमा सहभागि होऔं, स्वस्थ बनौ, अनुशासित खेलाडीको गहना, नगरको एक मात्र चाहाना’ लेखेको प्ले कार्ड बाल बालीकाहरुलाई हस्तान्तरण समेत गर्नुभभयो ।
खेल गतिविधिलाई अगाडि बढाउने उद्देश्यका साथ शुरु गरिएको निशुल्क खेल प्रशिक्षण हरेक साताको एक दिन शनिबार सञ्चालन हुँदै आएको हो ।कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक रघु केसीले विगतमा शुन्यजस्तै रहेको खेल गतिविधिलाई चलायमान बनाउन सफल भएको र आगामी दिनमा खेल क्षेत्रको थप विस्तार र विकास गर्दै लग्ने योजना रहेको बताउनुभयो ।कार्यक्रममा चाँगुनारायण नगरपालिकाका वडा नं २ का वडाध्यक्ष सोम प्रधान, वडा नं ६ का वडाध्यक्ष धन बहादुर लामासहितका जनप्रतिनिधिहरु, खेल क्षेत्रसँग सम्मिलीत ब्यक्तीत्व र विद्यार्थिहरुको बाक्लो सहभागिता थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्