एमसिसी पास हुन्छ, दायाँ–बायाँ हुन्न : सभापति देउवा
काठमाडौँ, माघ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग ९एमसिसी० परियोजना जसरी पनि संसदबाट पारित हुने बताएका छन् । उनले एमसिसी पारित हुनेमा दायाँ–बायाँ केही नहुनेसमेत दाबी गरे ।
मुलुकको हितका निम्ती प्राप्त यो परियोजनाको विरोध गरिनु नितान्त गलत भएको उनको भनाइ थियो। आइतबार नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने, ‘एमसिसी पारित गर्न मेरो पहल अत्यधिक रहनेछ।’ उनले यो परियोजनाको सम्झौता आफू नेतृत्वको सरकारका पालामा भएको भन्दै यसलाई धेरै राम्रो योजनाका रूपमा अथ्र्याए ।
आफ्नो पालामा भएको सम्झौता आफूले जसरी पनि पास गराउन पहल गर्ने उनको भनाइ थियो । ‘यो परियोजनाको प्रक्रिया मेरो पालामा भएको हो, मेरो पालामा भएको यो परियोजना पास गराउनु मेरो दायित्व हो, उनले भने, ‘यस विषयमा अरु दायाँ–बायाँ केही हुँदैन ।’
नेपाली कांग्रेसले नै यो परियोजनालाई पारित गराउन पहल गर्ने आधिकारिक निर्णय नै गरिसकेकाले पनि कांग्रेस परियोजनाको पक्षमा कडा रूपमा उभिएको बताए । ‘एमसिसी पास गराउने अजेन्डा मेरो मात्रै हैन । सिंगो पार्टीले नै आधिकारिक निर्णय गरिसकेको छ, कांग्रेस एमसिसीको पक्षमा छ, जसरी पनि पास हुन्छ ।’ यो खबर नागरिक दैनिकमा छापिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #एमसिसी पास हुन्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्