विश्वका ५ अनौठा सजायहरु, महिनामा एकपटक कार्टुन हेर्नुपर्नेदेखि लिएर २० घण्टासम्म शास्त्रीय संगीत सुन्नुपर्ने सम्म
एजेन्सी । कुनैपनि अपराधीलाई उसको अपराधको लागि सजाय अवश्य भोग्नुपर्छ । चाहे उक्त घटना सानो होस या ठूलो । तर विश्वमा यस्ता पनि अचम्मका सजायहरु दिइएका छन् जुन तपाइलाई सुन्दा अचम्म लाग्न सक्छ । यस्ता विभिन्न अनौठा सजायहरुबारे चर्चा गरौं ।
१. अमेरिकाको मिसौरीमा बस्ने डेभिड बेरी नाम गरेका व्यक्तिले सयौं हरिणको शिकार गरेका थिए । सन् २०१८ मा यसका लागि उनलाई दोषी ठहराउँदै अदालतले उसलाई एक वर्षसम्म कैद र कारागारमा रहँदा कम्तिमा एक महिनामा एकपटक ‘डिज्नी’को ‘बाम्बी कार्टुन’ हेनुपर्ने सजाय सुनाइएको थियो ।
२. सन् २००३ मा अमेरिकाको शिकागोमा बस्ने दुई पुरुषले क्रिसमसको दिन बेलुका चर्चबाट क्राइस्टको मूर्ति चोरेका थिए र त्यसलाई नोक्शान पुर्याएका थिए । यस मुद्धामा उनीहरुलाई दोषी पाउँदै दुवैलाई ४५ दिनको लागि जेल चलान गरियो भने यसको अलावा उनीहरुलाई आफ्नो गृहनगरमा एक गधासँगै मार्च गर्नका लागि पनि आदेश दिइयो ।
३. अमेरिकाका ओकलाहोमा बस्ने १७ वर्षीय टेलर एलरेडले मद्यपान गरेर सवारी चलाएको कारणले दुर्घटना हुँदा उसको एक साथीको मृत्यु भएको थियो । यो घटना २०११ को रहेको छ । उनलाई १० वर्षसम्म चर्च जानुपर्ने सजाय सुनाइयो ।
४. स्पेनको एन्डालुसियामा बस्ने एक २५ वर्षीय युवकलाई आफ्नो आमाबुबाले पकेटमनी बन्द गरिदिए । त्यसपछि उनीहरुलाई अदालतमा पेस गरियो । यद्यपी अदालतले उल्टै ती युवकको विरुद्धमा सजाय सुनायो की ३० दिनभित्र आफनो आमाबुबाको घर छोडिसक्नुपर्ने र आफ्नो खुट्टामा उभिनुपर्ने ।
५. बीबीसीको रिपोर्ट अनुसार, सन् ३००८ मा एन्ड्र्यु वेक्टर आफ्नो कारमा ठूलो आवाजमा संगीत सुनेको आरोपमा १२० पाउन्ड अर्थात आजको हिसाबमा १७ हजार ६ सय रुपैयाँको जरिवाना लगाइएको थिइो । उनी आफूलाई मनपर्ने –याप सुनिरहेका थिए । यद्यपी उनको जरिवाना ३० पाउन्डमा झारिनेछ जसमा उनले यसकाृ बदलामा २० घण्टासम्म बोथोपन, बाख र शोपेनको शास्त्रीय संगीत सुन्नुपर्नेछ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #अनौठा सजायहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्