फेरी सत्याग्रहसहितको आन्दोलन गर्ने गोविन्द केसीको चेतावनी
डा. गोविन्द केसीले सरकारसँग ७ बुँदे माग अघि सार्दै पूरा नभए सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबार प्रेस विज्ञप्ति गर्दै केसीले विगतमा भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन संशोधनसहित चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको विषयमा पनि चित्त बुझ्दो जवाफ दिनुपर्ने माग राखेका छन् ।
केसीले निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सबै रकम फिर्ता गर्नुपर्ने माग पनि अघि सारेका छन् । साथै, उनले दोषी मेडिकल कलेजलाई कानून बमोजिम कारबाही गरिनुपर्ने पनि बताएका छन् ।
‘संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस्’, केसीले जारी गरेको विज्ञप्तिको बुँदा नं. ३ मा भनिएको छ ।
साथै, सम्झौता अनुसार इलाम, पाँचथर, उदयपुर लगायत प्रदेश २ र ४ मा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि भनिएको छ ।
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस लगायतका कार्यक्रम शुरु गरियोस्’, विज्ञप्तिमा भनिएको छ, ‘कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिइयोस् ।’
केसीले शीर्ष नेताको उपचारका लागि विदेश जाने अवस्था राकिनुपर्ने पनि बताएका छन् । साथै, उपचार खर्च पारदर्शी बनाउन माग गर्दै उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सार्वजनिक गरिनुपर्ने पनि बताएका छन् । अन्तिम बुँदामा आयोगमा पार्टी सम्बद्ध व्यक्ति नभइ पीडितमैत्री विज्ञलाई नियुक्ति गरिनुपर्ने माग केसीले राखेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्