विमलेन्द्र निधिले हिन्दूराष्ट्रको विरोध गरेपछि कांग्रेसकाे प्रशिक्षणमा हँगामा
भक्तपुर, २२ भदाै । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण बिभागले प्रदेश ३ का सात वटा जिल्लाको भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपसभपाति एवम् प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले हिन्दूराष्ट्रको विरोध गरेपछि प्रशिक्षण कार्यक्रममा हँगामा भएको छ ।
प्रदेश ३ का सात वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा शनिबार उपसभापति निधिले हिन्दूराष्ट्रको विरोध गर्दै धर्म निरपेक्षताको पक्षमा धारणा राखपछि प्रशिक्षण कार्यक्रममा हँगामा भएको हो ।
प्रशिक्षण कार्यक्रमा निधिले युरोपियन युनियनका पैसा खाएर क्रिश्चियन धर्मको पक्षमा र हिन्दूधर्मको विपक्षमा अभियान चलाएको भन्दै बहुमत महासमिति सदस्यहरूले शनिबार हँगामा मच्चाएका हुन् । अवस्था उत्तेजित भएर सम्हाल्नै नसक्ने अवस्थामा पुगेपछि निधिका लागि सुरक्षामा खटिएका सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी मञ्चमै उक्लिएिका थिए ।
भक्तपुर जिल्लाको ठिमीको बोडेमा शुक्रबार र शनिबार दुई दिन आयोजित प्रशिक्षण कार्यक्रममा प्रदेश ३ का सात जिल्लाहरू भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र नुवाकोटका महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेस उपसभापति तथा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक निधिले शनिबार बोल्ने क्रममा हिन्दूराष्ट्रको विपक्षमा धारणा राखेपछि अधिकांश महासमिति सदस्यहरूले नेपाली कांग्रेस सनातन हिन्दू राज्यको विषयमा जनमत संग्रहमा जानुपर्ने धारणा राखेको एक जना महासमिति सदस्यले जनाएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट प्रदेश सांसद नरोत्तम बैद्य, महासमिति सदस्य कृष्णा अमात्य, ऋषिराम घिमिरे लगायत चार दर्जन बढी महासमिति सदस्यहरूले हिन्दूराज्यको विपक्षमा धारणा राखेको भन्दै उपसभापति निधिको आलोचना गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा करीब २० मिनेटसम्म उपसभापति निधिको विपक्षमा हो–हल्ला भएको थियो ।
उपसभापति निधिको विरुद्ध मञ्चमा होहल्ला भएपछि निधिनका अंगरक्षकहरू स्टेजमा आएका थिए । त्यसपछि झन् निधिविरुद्ध प्रशिक्षण कार्यक्रममा हँगामा भएको थियो ।
विरोध भएपछि उपसभापति निधिले आफ्ना सुरक्षाकर्मीहरूलाई हातले संकेत गरेर मञ्चभन्दा बाहिर जान निर्देशन दिएका थिए । प्रशिक्षण कार्यक्रममा निधिको विरोध गर्नेहरूले क्रिश्चियनको पैसा खाएको आरोप लगाएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रामजानकीको विवाह महोत्सवमा जनकपुरधाममा आउने क्रममा पनि निधिले विरोध जनाएका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कांग्रेसकाे प्रशिक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्